citizens life insurance long ad
stcnepal long ad

दुई दिन यी स्थानहरुमा विद्युत आपूर्ति प्रभावित हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठाडौं । शुक्रबार र  शनिबार विभिन्न स्थानहरुमा विद्युत आपूर्ति प्रभावित अथवा बन्द हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले ए सूचना जारी गर्दै यस्तो जनाएको हो ।

सूचना अनुसार शुक्रबार कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङरोड, भैँसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरु थापाथली, सुन्धारा र के २० बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु बिहान ८ बजेदेखि असोज १ गते सोमबार बिहान ८ बजेसम्म प्रभावित हुने बताइएको छ। त्यसैगरी, पिक लोडको बेला केही समय विद्युत कटौती पनि हुन सक्ने प्राधिकरणले जनाएको छ।

भदौ ३० गते शनिबार भने पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने जनाएको छ ।

त्यस्तै, कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङरोड, भैँसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरु ९थापाथली, सुन्धारा र के २० बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुने जनाइएको छ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ के।भी, लाइन १३२ के।भी। मा चार्ज गर्ने गरी कार्य गरिरहेको छ।

प्रथम चरणमा टेकू सबस्टेसनमा एक थान १३२.११ के.भी, ४५ एम.भी.ए ट्रान्सफर्मर चार्ज गर्न स्युचाटार तथा टेकू सबस्टेसनमा हाल ६६ के।भी मा चार्ज रहेको स्विचगियर हटाउन, कन्डक्टर परिवर्तन तथा स्थानान्तरण गर्न र टेकूमा प्रसारण लाइन तर्फको तीन ईएचभी केलब टर्मिनेशन गर्न तथा टेकू–स्युचाटार लाइन १३२ के.भी.मा चार्ज गर्न स्युचाटार–पाटन, स्युचाटार–टेकू तथा स्युचाटार–के ३ ६६ के.भी. प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।

IME Life
kumari