stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुजुकी पर्वोत्सव अफर सार्वजनिक, १ वर्षको सवारी बीमा पाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दसैँ–तिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरिसकेको छ।

यस योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनश पाउन सक्नेछन्।

कम्पनीले नाडा अटो शो लक्षित गरी प्रदर्शनी अवधिभरि खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट प्रदान गर्ने भएको छ।

यस योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूममा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलका कारअनुसार फरक–फरक हिसाबका छुट लागू हुनेछन्।

नाडा अटो शोमा सुजुकीका नयाँ एसयूभीहरु जिम्नी, फ्रोन्क्सका साथै सुजुकीका अरु एसयूभी ग्रान्ड भितारा र नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari