stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

यामाहाको नयाँ शोरुम भक्तपुरको कौशलटारमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडव्लू इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ।

एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिस सिएसन पाँचका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सुनायलटी सुरज सिंह ठकुरी र हिमालयन रोडिस सिएसन पाँचको ग्याङ लिडर प्रियंका कार्कीले सोमबार एक समारोहबीच शोरुम संयुक्त रुपमा उदघाटन गरेका छन्।

यामाहाको विश्वव्यापी नयाँ अवधारणा ब्लु स्वायरलाईलाई अवलम्बन गरी कौशलटारमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो। यामाहाको ग्लोबल मोटर स्पेट लेजिसीलाई आत्मसाथ गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानका रुपमा ब्लु स्क्वायर शोरुमलाई लिइएको छ।

शोरुममा प्रयोग गरिएको ब्लु कलरले यामाहा ब्रान्डको रेसिङ डीएनएलाई झल्काउने र स्वायरले वन स्टप वाइग जक्सन, जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसोसोरिज र एप्रेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ।

यस शोरुममा वेटर कस्टमर एक्सपरेन्स अनुभव गर्नुका साथै छिटो र पर्सनलाइज वान टु वान सर्भिस प्रदान गरिने जानकारी गराइएको छ।

यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्रान्ड र उपलब्धतालाई महसुस गर्न पाउनुका साथै डिजिटल टेक्नोलोजीमार्फत क्यूआर कोड स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्र्न सक्नेछन्।

स्थापनाकालदेखि नै ग्राहकको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ब्लु स्वायरको उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्रान्डप्रतिको ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनीको ठहर छ। साथै, भविष्यमा यामाहाले यस प्रकारका शोरुम नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको छ।

‘हामी कौशलटारमा हाम्रो यामाहा ब्लु स्वायर शोरुम खोल्न पाउँदा अत्यन्तै हर्षित छौँ। यो पनि सबैभन्दा ठूलो र सबैभन्दा सुविधाजनक शोरूम मध्ये एक हो।

यस शोरुमले वाइकप्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधियुक्त विभिन्न मोटरसाइकल स्कुटर एसोसरिज र एपरिअल उपलब्ध गराउनेमा हामी विश्वस्त छौँ’, यामाहा नेपालका लागि सीईओ राजु क्षेत्रीले भने।

कार्यक्रममा द ह्विल्स प्रालि कौशलटारका म्यानेजर सुरेश कवांले स्वागत मन्तव्य तथा समापन भाषण दिएका थिए। सोही अवसरमा विभिन्न व्यक्तिहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो।

prabhu mahalaxmi
kumari