stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अब तरकारी नष्ट गर्नेलाई कडा कारबाही गरिने : गृह मन्त्रालय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । तरकारी तथा फलफूल लगायतका आवश्यक वस्तुहरुको उत्पादन, संकलन, ढुवानी र बिक्रीमा कुनै पनि प्रकारको अवरोध नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

अवरोध खडा गर्नु कानुन विपरीत भएकाले त्यस्तो कार्य गर्ने जो कोहीलाई पनि कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराई आवश्यक वस्तुहरुको उत्पादन, संकलन, ढुवानी र बिक्रीमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नगर्न गृहले भनेको छ ।

पछिल्लो समय विभिन्न स्थानमा तरकारी तथा फलफूलको ढुवानीमा रोक लगाउने तथा नष्ट गर्ने क्रम बढेपछि यस्तो निर्देशन मन्त्रालयले  जारी गरेको हो । विशेषगरी एक जिल्लाबाट अर्कोमा पुर्याइएका तरकारी तथा फलफूलमा कोरोना आशंका गर्दै नष्ट गर्ने क्रम बढेको थियो । त्यसपछि गृहको यस्तो निर्देशन आएको हो ।

prabhu mahalaxmi
kumari