stcnepal long ad
ime life insurance
global ime bank long

सरकारले लामो समय लकडाउनको घोषणा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल वैशाख ४, २०७७ बिहीबार

बालकृष्ण खाण–

कोरोना भाइरसको महामारीबाट नेपाली जनता प्रताडित भइरहेको र यसको संक्रमणलाई बढ्न नदिन सरकारले लामो समय लकडाउनको घोषणा गरेको छ तर उचित व्यवस्थापन गर्न नसकेको कारणले जनता पिडामा रहेका छन् । सरकारले संक्रमण न्यूनिकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि आवश्यक तयारी गर्न सकेको देखिएन ।

स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता मात्र हैन, नियतमा नै खोट देखिन्छ । हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो ।

वर्तमान सरकार जनता प्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ । अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितहरुको उपचार गर्नु हो ।

यस विषयमा प्रमुख प्रतिपक्ष लगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न सकेको छैन । सरकार गम्भीर बनोस्, हाम्रो जोडदार माग रहेको छ । यो महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्व योगदान गरी रहनु भएकोमा हामी हार्दिक सम्मान गर्दछौं ।

उहाँहरु सबैको सुरक्षाको लागि सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बनोस् । संसार भरी छरिरहेका नेपालीहरुले महामारीको पिडा भोगी रहेको छन् । असुरक्षाको अवस्थामा उनीहरुको मनोवल बढाउन र उनीहरुको पिडा तथा समस्यालाई सम्बोधन गर्न सरकार गम्भीर बनोस् भन्ने विषयमा ध्यान आकृष्ट गर्दछौं ।

लकडाउनका कारणले दैनिक ज्यालादारी, असंगठित क्षेत्रका श्रमिकहरु आफ्नो रोजगार गुमी आफ्नो घर पुग्नका लागि लामो पैदल यात्रबाटै हिडिरहेको अवस्थाले सबै नेपालीलाई पिडा बोध भएको छ । उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिनु सरकारको लाचारीको परकाष्ट हो ।

यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनका लागि माग गर्दछौं (खाण नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक तथा केन्द्रिय सदस्य हुनुहुन्छ )

prabhu mahalaxmi
kumari