stcnepal long ad
ime life insurance
national life
global ime bank long

सवारी दुर्घटना किन बढदैछ ?

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

नेपालीहरुको महान चाड वडादशैं मनाउन सबै यात्रु आ(आफ्नो गाँउघरमा जाने क्रममा अत्यधिक यात्रुको चाप, नियमित रुटमा संचालित बसहरु अन्य रुटमा रिजर्भमा जाने क्रम बढेको छ। दुई(चार दिन अघि सम्म पनि नियमित बर्षा भएको कारण सडकमा हिलो,बिग्रिएको र पहिरोको समस्या छन।

यस्ता सडक समयमै मर्मत सम्भार हुन नसकी अस्तब्यस्त रहेको लगायतको कारणहरुले गर्दा दुर्घटनाको संख्यामा वृद्धि हुन पुगेको देखिन्छ । हिजो र अस्तीमात्र कास्कीको धान्द्रुकमा भएको जिप दुर्घटना , मुगुमा भएको बस दुर्घटनामा धेरै यात्रुहरुले अकल्पनीय मृत्यु भएको खबरले सबैलाइ स्तब्ध बनाएको छ।

साथै हिजो सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिकामा भएको बस दुर्घटनामा सबै यात्रुहरु घाइते भएको दुखद खबर प्राप्त भएको छ। यी दुर्घटनामा मृत्यु भएका परिवारहरुलाई सरकारले राहत दिने र घाइतेहरूको शिघ्र निस्शुल्क उपचार गर्ने सरकारले जनाएको छ।

दशैं र तिहारको बेलामा सधै सवारी दुर्घटना बढने गरेको पाइन्छ। यसमा क्षमता भन्दा बढी यात्रु, नयाँ सडकमा सवारी चलाउनु, सडकको भौगोलिक अवस्था नयाँ हुनु,सवारी साधनको प्राविधिक अवस्था ठिक नहुनु,चालकले मादक पदार्थ सेवन गर्नु, वर्षाले भत्किएको सडकमा मर्मत सम्भार नगरि जवरजस्ती सवारी साधन दौडाउनु, तिव्र गतिमा सवारी दौडाउनु, एकै जना चालकले लामो समय सवारी चलाउनु दुर्घटना हुने मुख्य कारण हुन। यसमा सम्बन्धित निकायबाट चेकजाँच र नियमन हुन आवश्यक छ।

यस्ता कहाली लाग्दो सडक दुर्घटना थप हुन नदिन सबै यातायात ब्यवसायी, सवारी चालक ,सहचालकहरु सचेत र संयमभइ यात्रुलाई सुरक्षित ढंगले गन्तब्यमा पुर्याउनु हाम्रो कर्तब्य हो भन्ने कुरालाई महशुस गरि निम्न कुरालाई विशेष ध्यानदिन आवश्यक छ।

१. अनावश्यक स्पिड गरि सवारी नचलाऔं ।
२. सवारी साधन चलाउनु अगाडि राम्रोसँग चेकजाच गरेर मात्र संचालन गरौं।
३. चालकले निरन्तर आठ घण्टा मात्र सवारी चलाओैं। निद्रा मारेर अनिधोभइ सवारी साधन नचलाऔं ।
४. सिट क्षमता भन्दा बढी यात्रु राखेर सवारी साधन नचलाऔं। यात्रु पनि भिडभाड सवारी साधनमा नचढौं।
५. अनावश्यक रुपमा उछिनपाछिन गरेर सवारी नचलाऔं । जथाभावी ओभर टेक नगरौं।
६. दुर्गम,पहाडी सडक र घुम्ति बाटोमा सवारी नचलाएका चालकले त्यस्ता सडकमा रिजर्वमा सवारी साधन नलैजाओैं।
७. ट्राफिक नियमको सबैले पालना गरौं ।
८. बिस्तारै गए अवस्य पुगिन्छ हतार गरे भन्न सकिन्न। धैर्य गरेर सवारी चलाऔं ।
९. मादक पदार्थर लागु पदार्थ सेवन गरेर सवारी नचलाऔं ।
१०. सवारी दुर्घटना हुन नदिन यातायात ब्यबसायी , सवारी चालक र परिचालक, प्रहरी प्रशासन लगायत सबै सचेत रहौं।
११. बिग्रिएका,भत्किएका सडकको सम्बन्धित कार्यालयबाट समयमै मर्मत सम्भार गरौं।
१२. ग्राभेल र कच्ची सडकमा वर्षको दुई पटक अनिवार्य स्काभेटर, रोलर,पेलर लगेर मर्मत सम्भार गर्ने गरौं।

prabhu mahalaxmi
kumari