citizens life insurance long ad
stcnepal long ad

पुरानोको क्रमभङ्ग गराै

Nimb long ad
Prabhu Insurance Long Ad
– आरसि न्याैपाने 
यति वेला नेकपा (नेकपा) पनि विचार ब्यवहारको वीच तालमेल नमिली घर झगडाको रडाकोमा पिल्सिएको छ । सत्ताको नेतृत्व गर्ने पार्टी र उसैको नेतृत्वमा चलेको सरकारले विधि र नीतिलाई संस्थागत गर्न आनकानी गर्नुको परिणाम मनपरितन्त्र ,लुटतन्त्र, गाँड केराकेरतन्त्र, घुसतन्त्र, कमिसनतन्त्र, आफन्ततन्त्र, भाइभतिजा भतिजी तन्त्र, गुटतन्त्र, लफ्फाजीतन्त्र, प्याच्चतन्त्र, मिलेरातन्त्र जस्ता मनोविकारबाट पार्टी र सरकार ग्रस्त छ ।
यस्तो कलुसित रवैयाको कारण लोकतन्त्र -गणतन्त्र कोमामा पुगेको जगजायरै छ । अब सामाजिक न्याय र रुपान्त्रणको दिशामा मूलुक हिँडाउन वर्तमान शीर्ष नेतृत्व असफल भएकोमा कुनै शंका छ जस्तो मलाई लाग्दैन ।
विगत देखि वर्तमानसम्मका सरकार हरेक मामलामा चुकेका छन् । जनता प्रति जिम्मेवार र जवाफदेही बन्न सकेको देखिदैन । तीनै तहका सरकार जनताको नजरमा पास हुन सकेका छैनन । जतासुकै अपवाद बाहेक वेथिति माैलाएको विधि नीतिलाई उपहास गरेको पाइन्छ ।
कमिसनखोर ,दलाल विचाैलिया वर्गको घेरामा पार्टी नेतृत्व र सरकार फसेको छ । सुशासन ,सदाचार ,सदभाव सहिष्णुता , न्याय ,समानता ,सामानुपातिक विकास ,समृद्वि र उचित मूल्याङ्कन कुन चराको नाम हो थाहा छैन ! तल देखि माथी सम्म इमान, त्याग ,समर्पण ,क्षमता भिजन भएका नेता कार्यकर्ता र सचेत जनपंतिको कुनै कमी छैन तर तिनीहरुले उचित अवसर कहिल्लै पाएका छैनन ।
बिडम्वना आजको मिति सम्म आइपुग्दा सांसद, मन्त्री, विभिन्न समिति,उपसमिति लगायतका लाभका पदहरुमा निस्पक्ष तवरबाट प्रतिनिधित्व गराइएको पाँइदैन । जसका कारण कोही बल्खु कार्यालयमा आइ आत्महत्या गर्न पुग्छन कोही पेरिस डाँडा आइ धर्ना वस्छन त कोही सानेपामा आमरण अनसन बस्न विवस छन ।
लोकतन्त्रको यहाँ भन्दा ठूलो वेइज्यत अर्को के होला ? अहिले राजनीतिक नियुक्तिको सन्दर्भ चलेको छ । नियुक्तिको इतिहास हेर्नु हुन्छ भने कहिल्यै पनि सक्षम र असल मान्छेले नियुक्ति पाएको विरलै पाइन्छ । हुन त राजनीतिक नियुक्तिको प्रावधान आफ्नै मान्छेलाइ प‍ोस्नको लागि ल्याइएको हो भन्ने मान्यता पनि छ, गतिविधि हेर्दा त्यस्तै लाग्छ ।
विगत र वर्तमान हेर्दा नेताका आफन्त, गुटका मान्छे , परिवार जन या कमिसनखोर , बिचाैलिया,भ्रष्ट ,तस्कर ,माफिया जसले पैसाको बिटो बुझाउँछन तिनीहरुले नै लाभको पद पाएको पाइन्छ । सिद्धान्त:त यो एकाधिकार दलाल पुँजीवादको विशेषता नै ह‍ो । यो उपभोक्तावादको भद्दा नमुना पनि हो ।
सांस्कृतिक साम्राज्यवादको रणनीतिक स्वार्थ पूर्तिको सञ्जालमा वर्गीय आत्मसमर्पणवाद, राष्ट्रिय आत्मसमर्पणवादको स्विकारोक्ति पनि हो । यो राष्ट्रियता ,स्वतन्त्रता, अखण्डता ,सार्वभाैमिकता र स्वाभिमान विरुद्ध परिलक्षित छ । यस्तो गलत राजनीतिक संस्कारलाइ तोड्न सकेनाै भने यसले निम्त्याउने विसर्जनवाद हो ।
आज गलत तत्वको घेरा तोड्न नसकेकै कारण वाम जनमतको सरकार आफ्नो उदेश्यबाट क्रमस विचलित हुँदै गएको छ । जनताका सपना मार्ने काम सरकार र पार्टी नेतृत्वहरुले गर्न पुगेबाट आम जनताले कुरी कुरी भनिरहेका छन । वर्तमानको समग्र विकृति विसंगतिबाट क्रमभङ्ग गरि सुशासनको लागि नयाँको निरन्तरतामा नयाँ मोडालिटीको राजनीति आजको आवस्यता हो ।
यो आवस्यकता पूरा गर्न नेकपा (नेकपा) र काङ्ग्रेसको इमान्दार र सचेत जुझारु नेता कार्य कर्ताको पति इतिहनसको निर्मम समिक्षाका साथ परिवर्तनको ध्ययमा लामवद्ध हुन जरुरी छ ।
जब पार्टीहरु र सरकार वीचार सिद्धान्त र जीवन ब्यवहारबाट चुक्न पुग्छन तब वेथितिले सीमा नाघ्न पुग्दछ ।अहिले नेपालमा यही भइरहेको छ । यस दुखत अवस्थाबाट मूलुक र जनतालाइ मुक्त गराउन सबै देशभक्त, क्रान्तिकारी इमान्दार नेता कार्यकर्ता र जनता एकतावद्धताका साथ मूलुकको मुहार फेर्न अघि वढाै । सामाजिक न्याय र रुपान्त्रण विना समृद्ध नेपाल र सुखी नेपाली संभव छैन ।
त्यसैले मूर्त राष्ट्रिय एजेण्डाको जगमा मूलुकको मुहार वदलाै । यसको लागि पुरानोको क्रमभङ्ग नयाँको निरन्तरता अनिवार्य सर्त हो ।
IME Life
kumari