काङ्ग्रेसको १४औ महाधिवेशन र नयाँ नेतृत्व
सुनिता धिमिरे–
अहिले नेपाली काङ्ग्रेसको १४ औ माहाधिबेशनको सरगर्मी देशै भरी बढी रहेको छ। गत केन्द्रीय समिति बैठकले आगामी फागुन ७ देखि १० गते सम्म अधिवेशन गरि सक्ने निर्णय गरेदेखि नेता ,कार्यकर्ता हरुमा आ–आफ्नो पलडा भारी पार्न आन्तरिक भागदौड चलिरहेको छ।
बिपि ,सुबर्ण, गणेशमान, किसुन जिहरुको त्याग र बलिदानबाट मुलुकले जहानिया राणा बिरुद्ध मुक्तिको आन्दोलन सफल बनाए सगै प्रजातन्त्र, बहुदल हुदै संघीय गणतान्त्रिक मुलुकमा प्रबेश गरेको छ।
परिवर्तनका हरेक आन्दोलनमा अग्रपंक्तिमा रहेर लड्ने काङ्ग्रेस जस्तो मुलुककै शक्तिशाली पार्टीको महाधिवेशन कस्तो हुने वा अबको सभापति को हुने भन्ने राष्ट्रिय अन्तर्राष्ट्रिय चासो को विषय पक्कै हो।
यति ठुलो बिरासत बोकेको ऐतिहासिक पार्टी पछिल्लो समय जिर्ण बन्दै गएको छ। ड्राइभर अगतिलो भएपछी गाडी दुर्घटना हुनु स्वाभाविक नै हो,मनस्थिति र परिस्थिति दुबैलाइ बुझेर काङ्ग्रेस र देशको भबिष्य को मुहार फेर्न सक्ने निस्ठावान, निस्वार्थ र कर्तब्य निस्ठ नेतृत्व आजको आवस्यकता हो।
महाधिबेशनको चर्चा चलिरहदा धेरै अनुहारहरु नजर मा देखिदैछन,तर हामिलाइ कसैको स्वार्थ पुर्ती गराउन कठपुतली बन्नु छैन।
अब पनी बिगत झै गल्ती गर्ने हो भनेदेखी काङ्ग्रेस इतिहास को पानामा सिमित हुदै जाने छ। परिवर्तित समय र जनभावना अनुरुप काम गर्ने नेतृत्व नै १४ औ महाधिबेशनको लागी योग्य हो।
यो भनेको डा. शेखर कोइराला नै अन्तिम बिक्ल्प पनि हो। पारिवारिक बिरासत वा लिगेसीका रुपमा नभै डाक्टर शेखर कोइराला संग आफ्नै खुबी र क्षमताले सृजना गरेको यो लोकप्रिय प्लेटफर्मलाई कसैले अन्याय गर्नु हुदैन।
१३ औ महाधिबेशनमा महामन्त्री उठन दबाद दिदा समेत डा. शशांकलाई छाडी त्याग गर्नु भएको सर्वोत्कृष्ट मत ल्याउन सफल शेखर कोइराला ले दिल्लीमा भएको मावोबादी शान्ती सम्झौता को लागी दिएको महत्त्वपूर्ण योगदान भुल्न सकिन्न।
पार्टीमा झागिदै गएको गुट उपगुट हटाएर पार्टी एकढिक्का बनाएरै छाड्ने संकल्पका साथ १३ औ माहाधिबेशन लगत्तै आफ्नै खर्चमा देश दौडाहामा लागेका कोइराला लकडाउन अगाडि सम्म निरन्तर देश बिदेश वा ग्रासरुटसम्म पुगेर पुराना नयाँ कार्यकर्तासंग भेटघाट गर्दै काङ्ग्रेस कसरी सुधार्न सकिन्छ र पुन शक्तिशाली बनाउन सकिन्छ भन्ने परामर्श गर्नु भएको थियो।
बिपि कोइराला पछि सायद डा. शेखर कोइराला नै हो यसरी गाउका बस्ती झुपडी पुगेर जनताको भावना बुझ्ने नेता। आफु नेता बनेर काठमाण्डौको चार दिवारी भित्र कोठे बैठक र फाइदा बेफाइदाको गणित हेर्ने गणेश प्रबृत्तिकाहरुले कहिल्यै देश र जनताको बिषयमा सोच्दैनन।
अहिले मुलुक ग्लोबलाइजेशनको छ ,जनतालाई छक्काउन,हप्काउन,झुटो बोलेर भ्रम छर्न सकिदैन। सचेत नागरिक माझ अचेत नेता पठाएर पुन पार्टी दुर्घटना तर्फ लान दिनु हुदैन।
किनकी पार्टी कसैको नामासी हैन न त बपौती, रुखमा भोट हाल्ने हरेक नागरिकलाई काङ्ग्रेसको माया छ। मायाभावले ओतप्रोत मनदेखि नै अब डा. शेखर कोइराला को बिकल्प छैन।
तर यसका लागी युवा नेताहरु गगन थापा,धनराज गुरूङ,चन्द्र भन्डारी,प्रदिप पौडेल,गुरूराज धिमिरे लगायतको साथ लिनु पर्छ।
रामचन्द्र पौडेल,डा. शशांक कोइराला ,सुजाता कोइरालाले त्याग देखाउनु पर्छ। गिरिजाबाबुले नै उपसभापति बनाएका राम चन्द्र पौडेलले समेत गुण बिर्सनु हुदैन। कृष्णप्रसाद सिटौला ,अर्जुननरसिंह केसी, प्रकाशमान सिह, रामशरण महतहरुले यदि साच्चिकै काङ्ग्रेस बचाउनै पर्छ भनेर निस्वार्थ माया गर्छन भने डा. शेखर कोइरालालाई आखा चिम्म गरेर समर्थन दिनै पर्छ।




























