stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महामारीयताकै सर्वाधिक पर्यटक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन्।

सन् २०२२ को यही महिनामा ४२ हजार छ जना पर्यटक आएका थिए भने सन् २०२१ को मार्चमा १५ हजार २५४ जना पर्यटक नेपाल भित्रिएका थिए। त्यस्तै सन् २०२० को मार्चमा ४२ हजार ७७६ र सन् २०१९ को सोही अवधिमा एक लाख २७ हजार ३५१ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए।

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई सन् २०१९ कै अवस्थामा पु(याउन भारतपछि धेरै पर्यटक भित्रिने मुलुक चीनमा पर्यटन प्रवद्र्धनको काम सुरु गर्न लागेको पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बताउनुभयो। उहाँले भन्नुभयो, “महामारीले असर परेका अन्य क्षेत्रमा चहलपहल बढिसकेको भए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रलाई थप चलायमान बनाउन पर्यटक आगमन सङ्ख्या नै बढाउनु हो।

दोस्रो धेरै पर्यटक भित्रिने मुलुक चीनमा केन्द्रित रहेर त्यहाँबाट पर्यटक भित्र्याउन ‘चाइनिज सेल्फ मिसन कार्यक्रम सुरु गर्न यही महिना त्यसतर्फ जाँदैछौँ। चीनबाट सर्वाधिक पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटीको सङ्ख्यासमेत बढाउनुपर्ने देखिएको छ।”

भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रूपमा बढ्दै गएको जनाउँदै उहाँले पछिल्लो समय आरोहण, ट्रेकिङलगायतका हिमाली पर्यटनका क्षेत्रमा राम्रो बुकिङ आइरहेकाले पर्यटक आवागमन थप सुधारात्मक हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्यअनुसार अनलाइनबाट नेपाल प्रवद्र्धनको काम जारी रहेको उहाँले बताउनुभयो।

सन् २०२३ को मार्चमा सबैभन्दा बढी पर्यटक भारतबाट २५ हजार ९११ जना आएका छन्। यस्तै अमेरिकाबाट नौ हजार ५५७, बेलायतबाट छ हजार १३३, जर्मनीबाट चार हजार १४९, श्रीलङ्काबाट तीन हजार ८९८, थाइल्यान्डबाट तीन हजार ८२९, अस्ट्रेलियाबाट तीन हजार ६३५, फ्रान्सबाट तीन हजार नौ, चीनबाट दुई हजार ६३५ र दक्षिण कोरियाबाट दुई हजार ६३९ जना पर्यटक नेपालमा भित्रिएका छन्।

पर्यटन बोर्डका अनुसार मार्चमा नेपाल भित्रिएका पर्यटकको सङ्ख्यामा सन् २०१९ को तुलनामा अहिले ७८ प्रतिशत सुधार देखिएको छ। नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै ३३।६ प्रतिशत सार्क मुलुकका पर्यटक छन्। युरोपेली मुलुकबाट २३।४ प्रतिशत र अमेरिकी मुलुकबाट ११।३ प्रतिशत पर्यटक भित्रिएका छन्।

सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल घुम्न आएका थिए। त्यस्तैगरी फेबु्रअरीमा ७३ हजार २५५ पर्यटक नेपाल आएका थिए। कोरोनाकालपछिका अधिकांश मौसम पर्यटकको बाटो कुर्दै बसेका व्यवसायीहरू पछिल्लो समय बाह्य पर्यटकको बढ्दो आगमनले व्यस्त हुन थालेका छन्।

होटल, रिसोर्ट, होमस्टेमा आन्तरिक र बाह्य पर्यटकको बुकिङ धमाधम भइरहेको छ। आन्तरिक हवाई सेवा भरिभराउ छन्। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari