citizens life insurance long ad
stcnepal long ad

हवाई रुटमा भारतको अलमल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ महिना भयो। तर आन्तरिक उडानमा नै सीमित छ। गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुस १ गतेबाट बाह्य उडान ठप्प छ। भैरहवामा जजिरा एयरले हप्तामा तीन उडान गर्दै आएको थियो।

खराब मौसमको कारण देखाउँदै ६१ दिनदेखि भैरहवामा अन्तर्राष्ट्रिय नियमित उडान रोकिएको छ। तर, दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि भारतको अनुमति पहिलो विषय हो।

दुई दिनको नेपाल भ्रमण सकेर फर्किएका भारतीय विदेश सचिव विनय क्वात्रासँगको छलफलमा पनि नयाँ हवाई रुट र भारतीय अनुमतिको सम्बन्धमा खासै छलफल भएन।

भारतीय सचिवसँगको भेटमा नेपाल तर्फबाट थप हवाई प्रवेश मार्गका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान सञ्चालनका लागि सहमतिका सम्बन्धमा अनुरोध गरिएको थियो। करिब १५ दिनअघि नै सो सम्बन्धमा परराष्ट्रमा प्रस्ताव पठाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

‘भैरहवा रुटलाई बाई डिरेक्सनल बनाउने (विमान आउने र जाने) र पोखराको सम्बन्धमा सिमराबाट छिरेर गल्फ ५९० रुट भएर जाने सम्बन्धमा हामीले पहिला पनि भनेका थियौं,’ उनले भने।

दुई देशको परराष्ट्र सचिवको भेटमा उद्योग तथा वाणिज्यसम्बन्धी छलफलले प्राथमिकता पाएकोले पनि यो नीतिगत विषय सम्बोधन नभएको भन्ने सुनिएको भुलले बताएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

IME Life
kumari