citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री प्रचण्डद्वारा उदघाटन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । आज २०७९ पुस १७ गते आइतवार नेपालको पर्यटकीयनगरि पोखरामा ूपोखरा अन्तर्राष्ट्रिय विमानस्थलूको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक भव्य समारोहबीच उदघाटन गरेका छन।

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रूपमा सञ्चालनमा आएको छ। विमानस्थल उदघाटन गर्न प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,नागरिक उडयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी पनि पोखरा पुगेका छन।

प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गरेका छन्। पोखराबासीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विगत पचास वर्षदेखिको सपना पूरा भएको छ।

विमानस्थल सञ्चालनमा आएको दिन आज काठमाडौँबाट यात्रुसहित उडेको पहिलो विमान ७.३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो। विमानस्थल शुभारम्भकै अवसरमा बिहान ११ बजे पोखराको अमरसिंहचोकबाट विमानस्थलसम्म र्‍याली आयोजना गरिएको थियो। उदघाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार पुर्व अञ्चलाधिस डा. शंकरराज पाठक र विमानस्थलका योजनाकार पदम बहादुर क्षेत्रीलाई नागरिक अभिनन्दन गरिएको छ।

उदघाटनपश्चात दिउँसो २.०० बजेदेखि ४.०० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम गरिदैछ भने ४.०० बजेदेखि ५.५० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम हुँदैछ। साँझ ६.०० बजे कार्यक्रमको समापन हुनेछ। विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा आज साँझ ६ बजे भैरव नाच प्रदर्शन हुँदैछ।

उदघाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द गरेको थियो ।

यो विमानस्थलबाट आगामी फेब्रुअरी २३ तारेखबाट दैनिक १८ घण्टा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको छ। विमानस्थल सुचारू हुन कम्तीमा दुई महिना समय लाग्ने देखिएको छ।

सुरुमा उक्त विमानस्थलमा आन्तरिक उडान हुने र त्यसका लागि आवश्यक लगभग सबै तयारी सम्पन्न भइसकेको छ। यान्त्रिक परीक्षण उडान अर्थात’क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएसँगै आन्तरिक सेवा आरम्भ गर्नका लागि विमानस्थल तयार भएको छ।

तर अझै केही प्राविधिक समस्याहरू सल्टाउन बाँकी रहेको छ। यही कारणले अन्तर्राष्ट्रिय उडान सुरु हुन भने समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन।

प्राधिकरण अधिकारीहरूका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल बाहिरका गन्तव्यसँग जोड्नका लागि बुद्ध एअरले पहल गरिरहेको छ।

बुद्ध एअरले पोखरामा आधारित रहेर नेपाल तथा नेपाल बाहिरका विभिन्न गन्तव्यमा सेवा सञ्चालन गर्न चाहेको छ। भारतका वारायसी,दिल्ली,देहरादुन,कलकत्ता,पटना,मुम्बई लगायतका विभिन्न सहरमा उडान भर्नका लागि उक्त कम्पनीले भारत सरकारसँग अनुमति माग गरेको छ र भारतबाट अनुमति प्राप्त भएको केही समयमै प्राधिकरणले अनुमति दिनका लागि तयार रहेको छ।

गन्तव्य मुलुकले अनुमति नदिएसम्म सेवा सुरु गर्न मिल्दैन। भारतले अनुमति दिनासाथ यताबाट उडान अनुमति दिन कुनै समस्या छैन।

बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णले तत्काललाई उक्त कम्पनीले पोखरा–बनारस उडान सुरु गर्न चाहेको बताएका छन। क्रमिक रूपमा पोखरा–दिल्ली अनि पोखरा–देहरादूनसम्म उडान भर्ने योजना पनि उक्त कम्पनीले बनाएको छ।

त्यसबाहेक हिमालयन एअरलाइन्स, फ्लाइ दुबई, कतार एअरवेज र नेपाल एअरलाइन्सले नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालनका लागि चासो देखाएका छन्। त्यस्तै नेपाली कम्पनी श्री एअरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको र उसले पनि पोखराबाट उडान भर्ने इच्छा व्यक्त गरेको छ।

यी कम्पनीहरू आधिकारिक रूपमा आएकाभने छैनन्। तर अनौपचारिक छलफलका क्रममा यी कम्पनीहरू सेवा सुरु गर्न इच्छुक रहेको प्राधिकरण स्रोतले बताएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पुरानो ल्याण्डफिल साइट पुर्ने र रिठ्ठेपानी डाँडा कटान गर्ने कार्य निकै महत्त्वपूर्ण रहेको थियो। हाल ल्याण्डफिल साइट पुर्ने काम लगभग सम्पन्न भइसकेको छ भने ४० मिटर काट्नुपर्ने डाँडा १८/१९ मिटर काटिसकिएको छ। यो डाडाले अब विमानस्थल सञ्चालनका लागि वाधा पुग्दैन।

२५०० मिटर लामो धावनमार्ग रहेको अन्तर्राष्ट्रिय विमानस्थल भए पनि पोखरामा ‘न्यारो बडी’ विमान मात्रै अवतरण गर्न मिल्छ। त्यहाँ अवतरण हुनसक्ने सबैभन्दा ठूलो एअरबस ए ३२० मात्र हो।
यसबाहेक बोइङ ७३७(७०० सिरिज वा बोइङ ७५७–२०० जस्ता न्यारोबडी विमानका पोखरामा उडानका लागि अनुकूल मानिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको

विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले बताएका छन। यहाँ एकपटकमा ३ वटा अन्तर्राष्ट्रिय विमान एवं ठूला(साना ४–४ वटा गरेर आठ वटा आन्तरिक सेवाका विमान रहन सक्ने छन ,तर सबै विमानहरू लामो समय र एकै समय विमानस्थलमा नरहने भएकाले वास्तविक दैनिक क्षमता त्यसको तीन(चार गुणासम्म हुन्छ।

झन्डै सात महिनाअघि सञ्चालनमा आएको नेपालको दोस्रो गौतम बुद्वअन्तर्राष्ट्रिय विमानस्थल हालसम्म क्षमता अनुरूप सञ्चालनमा आउन सकेको छैन।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही चार्टर उडान बाहेक साताको तीन दिन जजिरा एअरले उडान गरिरहेको छ। त्यो पनि फिजिविलिटि नभएको भन्दै उडान बन्द गरेको छ। यस्तो अवस्थामा पोखरामा सञ्चालनमा आएको विमानस्थलको भविष्यलाई लिएर पनि कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्। चीनको ऋण सहयोगमा यो विमानस्थल बनाइएको थियो। अन्य मुलुकमा पनि नयाँ विमानस्थल पूर्ण क्षमतामा चल्न समय लाग्ने गरेको पाइन्छ।

कोभिड महामारीका कारण अन्य मुलुकबाट नेपालमा हुने उडान संख्या केही घटेको छ। कोभिड अघि नेपालमा चीनका ४ वटा वायुसेवा प्रदायकले ८ वटा उडान गर्थे , जुन हाल एक वा दुईमा सीमित छ। नेपाल आउने ५० प्रतिशत पर्यटक पोखरा जाने हुँदा नवनिर्मित विमानस्थलमा छिट्टै चाप बढ्ने अपेक्षा छ।

यो अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण रूपमा सञ्चालनमा आउन ५/६ महिना देखि एक वर्षसम्म समय लाग्न सक्छ।

himalayan life insurance
igi long