citizens life insurance long ad

आइएमई पे एप अब नेपाली भाषामा पनि अध्यावधिक हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुनेछ । बैंकिङ् पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको हो ।

यो सँगसँगै भाषाको  छनोट गर्न  मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आम सेवाग्राहीहरूका लागि सार्वजनिक गरिएको यस फिचरको लागि प्रयोगकर्ताहरुले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नुपर्ने हुन्छ ।

पुरानो प्रयोगकर्ताहरुले एप अपडेट भएपछि एप भित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन (भ्ल्) संकेतबाट नेपाली भाषा रोज्न सक्नुहुन्छ । नयाँ प्रयोगकर्ताहरुले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सक्नुहुन्छ ।

यस पश्चात प्रयोगकर्ताहरुले आफुलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सक्नुहुन्छ ।

विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाईल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनैपनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताहरुले एपमा रहेको रकममा ७.१३% ब्याज कमाउन सकिने जस्ता नवीनतम सेवा सुविधाहरू आइएमई पे एपमा उपलब्ध छन् ।

 

IME Life
kumari