stcnepal long ad
ime life insurance
national life
global ime bank long

सगरमाथासहितका विश्वसम्पदा जोखिममा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै हिम गलनको स्थिति बढ्दा नेपालको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्जसहित विश्वका ५० वटा विश्वसम्पदा क्षेत्र सन् २०५० सम्ममा लोप हुने अवस्था पुगेका छन्।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ।

क्यानडा र अमेरिकाका विश्वसम्पदा क्षेत्र लुआने, वाङ्गेल इलियास, ग्लेसियर बे र तात्सेनसिनी–अल्सेक, अर्जेन्टिनाको लस ग्लेसियर्स राष्ट्रिय निकुञ्ज, न्युजिल्यान्डको ते बाहिपौनामु, स्विजरल्यान्डको स्विस आल्पस जङ्गफ्राउ, डेनमार्कको लुलिसाट आइसजोर्ड, नर्वेको गेराङ्जोर्ड र नर्वेजोर्ड, ताजिकस्तानस्थित पामिरको पहाडमा रहेको ताजिक राष्ट्रिय निकुञ्ज, आइसल्यान्डको भात्नाज्योक्युल नेसनल पार्क सहित दुई राष्ट्रिय निकुञ्ज क्षेत्रको हिम गलन उच्च अवस्थामा देखिएको छ।

त्यस्तै तान्जिनियाको माउन्ड किलिमन्जरो क्षेत्र, केन्याको राष्ट्रिय निकुञ्ज र वनक्षेत्र, युगान्डाको रुन्जोरी पर्वत राष्ट्रिय निकुञ्ज, कङ्गोको बिरुङ्गा राष्ट्रिय निकुञ्जसँगै अलास्का, मध्यएसिया, मध्ययुरोप र दक्षिण एन्डिज पर्वतछेउका ठूला हिमनदीहरू गरेर ५० वटा विश्वसम्पदा लोप हुने प्रतिवेदनमा उल्लेख गरेको छ।

हालसालै सार्वजनिक भएको तापक्रम वृद्धिको नयाँ गतिले २ डिग्री सेल्सियस नाघ्ने तथ्य वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ।

तर पहिलेको घोषणा अनुसार विश्वव्यापी तापक्रमलाई १।५ डिग्री सेल्सियसमा रोक्न सकेको खण्डमा भने ५० वटा हिमाली विश्व सम्पदामध्ये दुईतिहाइलाई बचाउन सकिने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ।

इजिप्टमा जारी कोप–२७ को सम्मेलनका लागि यो विषय निकै चुनौतीपूर्ण हुने अध्ययनमा उल्लेख छ। लोप हुने यात्रामा अग्रसर ५० वटा विश्वसम्पदा १८ हजार ६०० हिम खण्डमा अवस्थित छन्। जसले कुल ६६ हजार वर्गकिलोमिटर हिमक्षेत्र तथा पृथ्वीको कुल हिमक्षेत्रको १० प्रतिशत भूभाग समेट्छ।

स्याटेलाइट तथ्यको विश्लेषणमा आधारित अध्ययनले दुई हजार हिमनदीहरू द्रुत गतिमा छोटिँदै गएका छन्। यस अनुसार यस क्षेत्रबाट हरेक वर्ष करिब ५८ अर्ब टन बरफ बिलाउँदै गएको छ।

जसले समुद्री सतहमा वार्षिक ५ प्रतिशत जलक्षेत्रको बढोत्तरी भइरहेको देखाउँछ। हालकै हिसाबले तापक्रम बढ्दै जाँदा सन् २०५० सम्म ५० वटामध्ये एकतिहाइ क्षेत्र र सन् २१०० सम्म सबै विश्वसम्पदा लोप हुने पूर्वानुमान युनेस्काले गरेको छ।

सर्वोच्च शिखर सगरमाथा क्षेत्रको छ हजार मिटरको उचाइमा सगरमाथा निकुञ्ज रहेको छ। यसले सोलुखुम्बु जिल्लाको एक लाख २४ हजार चार सय हेक्टर क्षेत्रफल ओगेको छ।

सर्वोच्च शिखरसहित सात हजार मिटरमाथिका सात अग्ला हिमचुचुरोका बीचमा रहेको गहिरो उपत्यकामा अवस्थित यो निकुञ्ज विश्वकै सुन्दर विश्वसम्पदा क्षेत्र हो।

यो क्षेत्र हिउँचितुवा, हाब्रे (रेडपान्डा), जङ्गली याकलगायतका दुर्लभ प्राणीको बासस्थान हो। शेर्पा जाति बाहुल्य रहेको क्षेत्र र नेपालको ताजा पानीको मुख्य स्रोत पनि हो।

युनेस्कोका महानिर्देशक अड्रेअजोले कार्बन उत्सर्जनको स्तर दू्रत रहेकाले हिमनदी र तिनीहरूमा निर्भर असाधारण प्राकृतिक विविधता लोप हुने अवस्थामा पुगेको बताउनुभयो। यसको समाधान कोप–२७ सम्मेलनले खोज्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

कार्बन उत्सर्जन रोक्न, हिमनदीको अनुगमन र संरक्षण गर्दै विश्वसम्पदा क्षेत्र जोगाउने लक्ष्यमा सबै मुलुकलाई सघाउन युनेस्को तत्पर रहेको उहाँले बताउनुभएको छ।

जसका लागि अन्तर्राष्ट्रिय कोष स्थापनाका लागि सघाउन उहाँले आह्वान गर्नुभएको छ। हिउँमा निर्भर यी सम्पदा मात्र नभई पृथ्वीको जनसङ्ख्याको आधा मानव जीविका, कृषि, ऊर्जा उत्पादन पनि निर्भर रहेकाले यी विश्व सम्पदा जैविक विविधताको स्तम्भ र पारिस्थितिक प्रणालीको मुख्य अङ्ग हुन्।

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आयूसीएन)का महानिर्देशक डा. बु्रनो ओबरलले जब तीव्र गतिमा हिम गलन हुन्छ, तब लाखौँ मानिसले पानीको अभाव र प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने हुन्छ ।

समुद्री सतहको बढोत्तरीका कारण लाखौँ मानिस विस्थापित हुनसक्छन्। समस्या समाधानका लागि हरितगृह ग्यास उत्सर्जन कम गर्न, प्रकृतिमा आधारित क्षेत्रमा लगानी गरेर जलवायु अनुकूलनको बाटोमा अग्रसर हुनुपर्ने उहाँको धारणा छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

IME Lifesidebar
kumari