stcnepal long ad
global ime bank long

नेपालको तेस्रो पर्यटकीय गन्तव्य स्थल लाङ्टाङ र गोसाइँकुण्डमा बढे पर्यटक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको तेस्रो पर्यटकीय गन्तव्य स्थल लाङ्टाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सो क्षेत्रको प्राकृतिक अवलोकन गर्न सुहादो मौसम तथा पदमार्ग सुरक्षित हुनाले अहिले आन्तरिक तथा बाह्य गरि दैनिक सरदर चार सय देखि पाँच सयको हाराहारीमा पर्यटकको आवागमन भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी भुपेन्द्र यादवले बताउनु भयो ।

लाङटाङ क्षेत्रमा भूकम्प पछि असामान्य भएको स्थानीयको दैनिकी पनि अहिले पुरानै अवस्थामा फर्किएको छ भने यस क्षेत्रका स्थानीयहरु अहिले पर्यटन प्रवर्द्धनमा केन्द्रित हुँदै गएका छन्।

सो क्षेत्रमा जाने पर्यटकले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, दुर्लभ वन्यजन्तु रेडपान्डा, हिमचितुवा र कस्तूरी मृग लगायत जीवजन्तु रामसार साइटमा सूचीकृत धार्मिक तीर्थस्थल गोसाइँकुण्ड, तामाङ सम्पदामार्ग भित्र रहेको तामाङ कला र संस्कृति अवलोकन गर्ने पाउने छन् ।

काठमाडौंबाट छोटो र सजिलो पदमार्ग मध्येको लाङटाङ पदमार्ग रहेकाले छोटो समयमै ५ हजार मिटर अग्ला दर्जनौँ हिमाल देखिने भएकाले लाङटाङ पदमार्ग पर्यटकको रोजाइमा परेको स्थानीय होटेल व्यवसायीले बताएका छन ।

IME Lifesidebar
kumari