citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

बुद्ध एयरले राजविराजमा उडान भर्दै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आगामी माघ १८ गतेदेखि बुद्ध एयरले प्रदेश नं २ को महत्वपूर्ण शहर राजविराजमा नियमित उडान भर्ने भएको छ । काठमाडौंबाट ३५ मिनेटमा पुगिने राजविराजको सुरुवाती भाडा ३ हजार ६ सय रुपैँया तोकिएकोे छ । काठमाडौंबाट ११ बजेर २५ मिनेटमा र राजविराजबाट १२ बजेर २० मिनेटमा उडान गर्ने तालिका समेत सार्वजनिक गरेको छ । यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्ने जनाइएको छ । राजविराजमा एटीआर–४२ र एटीआर–७२ जहाज सञ्चालन गर्ने जनाएको छ । बुद्ध एयरसँग हाल १३ वटा जहाज सञ्चालनमा रहेका छन । दैनिक उडानले पर्यटन प्रवद्र्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने बुद्ध एयरको विश्वास लिएको जनाएको छ । पर्यटकको आवतजावतसँगै स्थानीय स्तरमा रोजगारीको अवसर श्रृजना हुनुका साथै आर्थिक वृद्धि हुने अपेक्ष लिएको बुद्ध एयरले जनाएको छ ।

gold
himalayan life insurance long ad