citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अन्तर्राष्ट्रिय उडान गर्दै आएका पाँच हवाई कम्पनीले अब दैनिक एक उडान भैरहवा उडाउनुपर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक एकभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका पाँच हवाई कम्पनीले अब दैनिक एक उडान भैरहवामा गर्नुपर्ने भएको छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अक्टोबर ३० देखि सन् २०२३ मार्चसम्मको उडान तालिका (विन्टर सेड्युल) मा गौतमबुद्व विमानस्थलमा समेत उडान भर्न वायुसेवा कम्पनीहरूलाई पत्राचार गरिएको छ ।

अहिले काठमाडौँमा २६ विदेशी हवाई कम्पनीले उडान भर्दै आएका छन् । भैरहवा विमास्थलको बिजनेस बढाउन र विदेशी हवाई कम्पनीलाई आकर्षित गर्न प्राधिकरणले यस्तो तयारी गरेको हो ।

“यसबाट काठमाडौँ विमानस्थलको हवाई चापलाई समेत सुधार गर्न मद्दत पुग्छ,” भुलले भन्नुभयो । भैरहवामा पनि उडान गर्न प्राधिकरणले गरेको प्रस्तावपछिको छलफलमा हवाई कम्पनीहरू सकारात्मक रहेको उहाँले बताउनुभयो ।

कात्तिकमध्यदेखि नेपाल एयरलाइन्स र हिमालयले भैरहवाबाट दैनिक एक उडान गर्न तयार रहेको सूचना अधिकारीले भुलले जानकारी दिनुभयो ।

भैरहवा उडान सङ्ख्या बढाउन, हवाई इन्धनको मूल्य घटाउन र भैरहवाबाटै सुरुवाती श्रम अनुमति र स्वास्थ्य परीक्षणको व्यवस्था गर्नसमेत मन्त्रालयहरूसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

हाल गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरवेजले साताको तीन उडान गर्दै आएको छ । पछिल्लोे समय  यात्रु  सङ्ख्या  बढेसँगै जजिराले यही भदौ ३१ बाट नियमित एक उडान गर्ने तयारी गरेको छ ।

धेरै सम्भावना सहितको यो विमानस्थलमा उडान सङ्ख्या थपिँदै गए वैदेशिक रोजगारीका लागि खाडी मुलुक आउने÷जाने नेपाली र लुम्बिनी घुम्न आउने बौद्धमार्गी पर्यटकलाई अन्तर्राष्ट्रिय उडानको सेवा लिन काठमाडौँ नै आउनुपर्ने बाध्यताको अन्त्य हुने देखिएको छ ।

प्राधिकरणले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशतसहित एक वर्षसम्मका लागि ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षालगायत शुल्कमा एक वर्षसम्म छुट दिएको छ ।

तीन हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग रहेको यो विमानस्थल एसियाली विकास बैङ्कले सहुलियतपूर्ण ऋणमा करिब ३१ अर्ब रुपियाँ लागतमा निर्माण भएको हो ।

himalayan life insurance
igi long