citizens life insurance long ad
stcnepal long ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बाक्लो कुहिरोका कारण प्रभावित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ११ बजेबाट उडानहरू सुरु भएको अधिकारीहरूले बताएका छन्।

आजलबिहान मौसम खुला भएर घाम लागेपछि ११ बजेर २ मिनेटमा दोहाबाट आएको हिमालय एअरलाइन्सको विमान सुरुमा अवतरण गरेको थियो। अन्तर्राष्ट्रिय उडान हेर्ने एक अधिकारीले जानकारी दिए ।

त्यसपछाडि विदेशबाटै आएका अरू पाँचवटा विमान अवतरण भएका थिए । ती अधिकारीका अनुसार त्यसअघि विदेशबाट आएका कतिपय विमानहरू काठमाडौको आकाशमा फन्को मारेका थिए भने कतिपय विमान मोडिएर भारततिर गएका थिए।

बिहान सवा ११ बजेबाट पहाडी क्षेत्रमा आन्तरिक उडानहरू पनि सुरु भएका छन्। तराईका कतिपय ठाउँमा बाक्लो हुस्सु लागेर त्यतातिर अझै उडान सुरु भइसकेको छैन।

यसअघि बिहान साढे ६ बजे विमानस्थल खुला भएयता कुनै पनि विमान उड्न वा अवतरण गर्न सकेको थिएन।

विमानस्थल अधिकारीहरूका अनुसार विदेशबाट नेपाल आएका जजीरा एअरवेज, कतार एअरवेज, हिमालय एअरलाइन्स, फ्लाई दुबई लगायतका विमानले घण्टौँ फन्को मारेका थिए। अङ्ग्रेजी वर्ष सन २०२२ को पूर्वसन्ध्या परेकोले आज यो वर्षको अन्तिम दिन झन् मानिसहरूको ओहोरदोहोर बढी हुने दिन भएको व्यवसायीहरूले बताएका छन्।

मौसममा कहिले सुधार होला ?

आज बिहानैबाट काठमाडौं र तराईका धेरै जिल्लामा बाक्लो हुस्सु(कुहिरो लागेर उडानहरू प्रभावित भएका थिए। मौसमविद्‌ समीर श्रेष्ठले आज पुस १६ गते शुक्रवार मध्याह्नबाट मौसम सुधार आउने बताए। अहिले देशभरि आंशिक बदली रहेको र धेरै स्थानमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

IME Life
kumari