stcnepal long ad
ime life insurance
national life
global ime bank long

बलेको क्यासिनोलाई पर्यटन मन्त्री आलेले दिए बिना अध्ययन अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अवैध सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका ‘गुन्डा नाइके’ बलराम सापकोटा ‘बले’ को क्यासिनोलाई नियम मिचेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले अनुमति दिएको आरोप लागेको छ।

बलेलाई पाँच तारे होटल मेची क्राउन प्लाजामा ‘भेगस रिक्रियसन नेपालु क्यासिनो सञ्चालनको अनुमति दिइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बलेले अवैध सम्पत्ति आर्जन गरेको आरोपमा एक वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सम्पत्ति रोक्काकै अवस्थामा भएको लगानीलाई मन्त्री आलेले नियम विपरित क्यासिनो सञ्चालनको स्वीकृति दिएका छन्।

याक एन्ड यति होटलको क्यासिनोमा काम गर्दागर्दै उदय भएका बले दरबारमार्ग क्षेत्रका ‘गुन्डा नाइके’ को रुपमा परिचित छन्। मिटर ब्याजमा पैसा लगाउने धन्दाबाट झन्डै एक अर्ब रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विभागले गत वर्ष नै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

बलेविरुद्ध अनुसन्धान विभागले २०७७ असोज २९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अहिले पनि उक्त मुद्दामा फैसला भएको छैन। विभागले बले र उनकी श्रीमती सिर्जना कक्षपति विरूद्ध मुद्दा दायर गरेको थियो।

बलेलाई १७ करोड ४७ लाख र उनकी श्रीमती कक्षपतिलाई २ करोड ४७ लाख रुपैयाँ बिगो कायम गरिएको छ। गैरकानुनी रुपमा जोडेको सम्पत्ति मुख्यगरी होटल र घरजग्गामा लगानी गरेको आरोप बले माथि लगाइएको छ। मेची क्राउन प्लाजा होटलमा समेत उनको लगानी रहेको छ।

बलेलाई मानव तस्करी, हातहतियार दुरुपयोग र क्यासिनोमा मिटर ब्याज लगानीबाट सम्पत्ति आर्जन गरेको आरोप समेत लाग्दै आएको छ।

बले दुई वर्षअघि महाराजगञ्जको जुवा अखडाबाट समातिएपछि सम्पत्ति शुद्धीकरणले छुट्टै अनुसन्धान सुरु गरेको थियो। विभागले एक वर्ष अनुसन्धान गरेर बलेविरुद्ध मुद्दा दायर गरेको थियो।

क्यासिनो किङका रूपमा परिचित बले अन्नपूर्ण होटलमा सामान्य कामदारका रुपमा प्रवेश गरेका थिए। काभ्रे घर भएका बले आपराधिक गतिविधिबाट आर्जित आर्थिक लाभको संरक्षणका लागि विभिन्न पार्टीमा आवद्ध हुँदै आएका छन्।

उनी नेपाली कांग्रेसको यसअघिको १३ औं महाधिवेशनमा काभ्रे कांग्रेसमा कोषाध्यक्षमा उम्मेदवार उठेका थिए। जसमा पराजित भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली मार्फत उनी एमालेमा देखिइरहेका थिए।

उनी अहिले पुनः नेपाली कांग्रेसमा सक्रिय हुन थालेका छन्। महाधिवेशनमा समेत प्रतिनिधि चयन भएका छन।

अध्ययन गर्नुपर्छ भनेको क्यासिनोलाई बिनाअध्ययन अनुमति

बलेको उठबस अहिले हरेक दिन पर्यटन मन्त्रालयमा हुने गरेको छ। मन्त्रालयमा जो मन्त्री आए पनि बलेसँग सम्बन्ध हुने गरेको छ। पछिल्लो समय पर्यटन मन्त्री आले आएपछि बलेको मन्त्रालयमा सक्रिय उपस्थिति बढिरहेको मन्त्रालय स्रोत बताउँछ।

पर्यटन मन्त्रालयमा यादव कोइराला सचिव रहँदा नै उनले क्यासिनोलाई अनुमति दिनुअघि त्यसको अध्ययन हुनुपर्ने बताएका थिए। क्यासिनो सञ्चालनको अनुमतिका लागि फाइल आएपछि अध्ययन गर्नुपर्ने भन्दै सचिवले टिप्पणी लेखेको बेवास्ता गर्दै मन्त्री आलेले ५ करोड आर्थिक चलखेलमा अनुमति दिएको स्रोतले बतायो।

गैरकानूनी रुपमा क्यासिनोलाई अनुमति दिनुअघि सचिव यादव कोइराला मन्त्री आलेसँग असन्तुष्ट रहेका थिए। यसैले सचिव कोइरालाको सरुवा भएसँगै मन्त्री आलेले बलेको क्यासिनो ‘भेगस रिक्रियसन नेपालु लाई अनुमति दिएका छन्।

क्यासिनो सञ्चालनको पूर्ण अनुमति पाएको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बताएका छन्। ुमेची क्राउन प्लाजा होटलमा रहेको क्यासिनो सञ्चालनको लागि अनुमति पाइसकेको अवस्था छ। क्‍यासिनो भेगस रिक्रियसन नेपालका रुपमा अनुमति पाएको होु उनले बताए।

IME Lifesidebar
kumari