stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

बहराइनका राजकुमार सहितको टोलीद्वारा सगरमाथाको आरोहण

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बहराइनका राजकुमारसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले बिहान सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

आरोहीहरु बिहान साँढे पाँच बजेदेखि पौने सात बजेसम्मको समयमा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट प्रालिले जनाएको छ ।

सगरमाथाको उचाइ बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको यो पहिलो आरोहण हो ।

बहराइनका राजकुमार खालिफा सहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेको थियो । सगरमाथा आरोहणका लागि यो समूह गएको मार्च १५ मा नेपाल आएको थियो ।

टोलीलाई सगरमाथाको शिखरमा पुर्याउने नेतृत्व १९ वर्षका टासी लाक्पा शेर्पाले गर्नुभएको सेभेन समिटले जनाएको छ । शेर्पा कृत्रिम अक्सिजनबिनै सगरमाथाको शिखरमा पुग्नुभएको छ ।

आज कम्तीमा ३० जना विदेशीसहित ६५ जनाभन्दा धेरै सगरमाथाको शिखरमा पुगेका र थप विवरण आउन बाँकी रहेको सेभेन समिट प्रालिका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।

himalayan life insurance
igi long