stcnepal long ad
global ime bank long

विमानस्थलमा बढी भिड भएपछि उडानमा कटौती

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना सङ्क्रमण दर ह्वात्तै बढेपछि हवाई कम्पनीको उडान सङ्ख्या समेत घट्ने भएको छ । तर, यात्रु कम भएर उडान सङ्ख्यामा कटौती गरिएको भने होइन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको क्षमता कम भएका कारण हवाई कम्पनीले विमानको उडान सङ्ख्या घटाउन लागेको हो ।

कोरोना सङ्क्रमण दर बढिरहेकोले र विमानस्थलमा बढी भिडभाड हुने भएकाले भिड कम गर्नलाई आन्तरिक तर्फको उडान कम गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रताप बाबु तिवारीले बताए । उनले भने, ुउडान तालिकामा भएको सङ्ख्याबाट ३० प्रतिशत सम्म उडान सङ्ख्या घटाउन लागिएको हो ।

कोरोनाको सङ्क्रमण दिनानुदिन बढी रहेको बेला पनि हवाई बुकिङ बढी नै रहेको यति एयरलाइन्सका प्रवक्ता शुर्दशन वर्तौलाले बताए ।

यति एयरलाइन्समा अहिले कुल क्षमताको ९० प्रतिशत भन्दा बढी सिट भर्दै यात्रुहरू दैनिक हवाई उडान गरिरहेका छन् । उनले भने, ुहवाई उडान गर्दा स्वास्थ्य मापदण्ड पालनामा विशेष ध्यान दिने गरिएको छ तर विमान भित्र भने सामाजिक दुरीको नियम खासै पालना गरेका छैनौ ।ु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार व्यवस्था मिलाइएको प्रवक्ता वर्तौलाले बताए। ज्वरो आएको वा नआएको चेकजाँच नगरी र मास्क नलगाई एयरपोर्ट भित्र प्रवेश गर्न नदिने, प्रबेशद्धारमा सामाजिक दुरी कायम गरेर चेक गर्ने गरेको उनले बताए ।

एयरपोर्ट भित्र चाहिँ सामाजिक दुरी कायम गर्न नसकिने अवस्था रहे पनि आफू कोरोना सङ्क्रमित छैन भनेर पुष्टि गर्न डिक्रेशन फर्म भर्न लगाए पश्चात् मात्र यात्रुलाई प्रवेशद्वार भित्र प्रवेश गर्न दिएको बताए ।

ुबोडिङ पास गरे पछि पुनः ज्वरो नाप्ने, स्यानिटाइजर, मास्क दिने र फ्रेस भाइजर प्रयोग गरे पश्चात् मात्र नेपाल सरकारले उडान गर्न निर्देशन दिएको छ।ु बर्तौलाले थपे, ुअहिले जहाज भित्र अनावश्यक हिँडडुल, ट्वाइलेट प्रयोग गर्न नदिने, जथाभाबी छुन नदिनुका साथै कुराकानीमा समेत बन्देज गरेका छौँ।ु

स्वास्थ्यका मापदण्ड पालना गरेर उडान भइरहेको बुद्ध एयरलाइन्सका प्रवक्ता रुपेश जोशीले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान यात्रुहरूको बुकिङ सङ्ख्या नघटे पनि बाहिरबाट आउनेको सङ्ख्या भने घटेको उनले जानकारी दिए । उनले भने, ‘अब केही दिनमै उडान सङ्ख्या घट्ने भएको छ यहाँ विमानस्थलमा यात्रुको चाप एकदमै बढेको कारण उडान सङ्ख्या घटाउने तयारी भइरहेको छ ।’

IME Lifesidebar
kumari