stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमाल आरोहणका लागि ४९ वटा आरोहण दलका ४१९ जनाले अनुमति लिने चार सय नाघे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ  । वसन्तयामको पर्वतारोहणका लागि हालसम्म चार सयभन्दा बढीले अनुमति लिएका छन् । अनुमति प्रदान गर्ने पर्यटन विभागका अनुसार शुक्रबारसम्म विभिन्न हिमाल आरोहणका लागि ४९ वटा आरोहण दलका ४१९ जनाले अनुमति पाएका छन् । अनुमति पाउनेमा ९० जना महिला र बाँकी ३२९ जना पुरुष छन् ।

विभागले अहिलेसम्म दसवटा हिमालका लागि आरोहण अनुमति उपलब्ध गराएको छ । सबैभन्दा धेरै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार सगरमाथा आरोहणका लागि २६ वटा आरोहण दलका २६६ जनाले अनुमति पाएका छन् । जसमध्ये ५१ जना महिला र १९३ जना पुरुष छन् । सगरमाथा आरोहणको अनुमतिबापत विभागले ३० करोड ८६ लाख रुपियाँ रोयल्टी प्राप्त गरेको छ ।
सगरमाथापछि ल्होत्से हिमाल आरोहणका लागि ५५ जनाले अनुमति पाएका छन् । उक्त हिमालका लागि शुक्रबारसम्म सातवटा आरोहण दलका ११ जना महिला र ४४ जना पुरुषले अनुमति पाएका छन् । ल्होत्से हिमालको आरोहण अनुमतिबापत विभागले एक करोड १५ लाख रुपियाँ रोयल्टी प्राप्त गरेको छ ।

अन्नपूर्ण हिमाल आरोहणका लागि चारवटा आरोहण दलका ४४ जनाले अनुमति पाएका छन् । त्यसपछि धौलागिरि हिमालका लागि चारवटा आरोहण दलका ३० जनाले अनुमति पाएको विभागले जनाएको छ । न्हुप्त्से हिमाल आरोहणका लागि तीनवटा आरोहण दलबाट २३ जनाले अनुमति पाएका छन् ।

विभागले यसबाहेक मकालु, तिलिचो, पुमोरी, मनास्लु र टुकुचे हिमालका लागि पनि आरोहण अनुमति जारी गरेको छ ।
मकालु र तिलिचोका लागि समान आठ जना, पुमोरीका लागि पाँच जना, मनास्लु र टुकुचेका लागि एक–एक जनाले अनुमति पाएको विभागले जनाएको छ । यी सबै हिमाल आरोहणको अनुमतिबापत ३३ करोड ९९ लाख रुपियाँ रोयल्टी विभागले प्राप्त गरेको छ ।

IME Lifesidebar
kumari