दुई जना सक्रिय सञ्चारकर्मी सम्मान–पत्र प्रदान
काभ्रे, बनेपा । शब्दयात्रा प्रकाशनबाट २०७७ साल चैत्र २८ गते शनिवार नमोबुद्ध ब्याकेंट एण्ड ईभेन्टसका हलमा हरि गोपाल प्रधानबाट स्थापना गरिएका दुई जना सक्रिय सञ्चारकर्मी नागरिक दैनिकका प्रतिनिधि मधुसूदन गुरागाँई र कामना प्रकाशनका प्रतिनिधि भगवती तिमल्सिनालाई वरिष्ठ पत्रकार हरि गोपाल प्रधानबाट दुबैलाई सम्मान कदर–पत्र गर्दै साथै उक्त कार्यक्रमबाट पत्रकारिता अध्ययनरत छात्रा सुजाता तिमल्सिनालाई नगद रू.१०,०००/ सम्मान–पत्र प्रदान गरिएको थियो ।


























