stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पाटाको ४४ औँ वार्षिक साधारण सभा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड–१९ पछिको नयाँ परिवेशमा हस्पिटालिटी पार्टनर–पार्क भिलेज रिसोर्ट, एयरलाइन्स पार्टनर टर्किस एयरलाइन्स, र हाइजिन पार्टनर आइक्लिन टेक्नोलोजीको विशेष सहयोगसहित काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भव्यताका साथ सभा सम्पन्न भएको हो ।

कोभिड–१९ का कारण सिर्जित विषम् परिस्थिति र चुनौतीले थलिएको पर्यटन क्षेत्रको प्रवद्र्धन अभियानमा नेपाली ‘सेलिब्रेटी’ सेफ सन्तोष साहले पु¥याएको अतुलनीय योगदानको सम्मान स्वरुप पाटा नेपालले साधारण सभाको प्रमुख वक्ताको रुपमा सेफ साहलाई नेपाल आमन्त्रण गरेको थियो ।

सेफ साहले वेलायतको प्रतिस्ठित बिबिसी मास्टरसेफ द प्रोफेसनल्स् २०२० को उपविजेताको रुपमा नेपालको रैथाने खानालाई प्रसिद्ध एवम् आकर्षक खानाको रुपमा विश्वव्यापी प्रवद्र्धन एवम् प्रमाणिकरण गर्न अतुलनीय भूमिका निर्बाह गरेका थिए ।

कार्यक्रमको प्रमुख वक्ताको रुपमा बोल्दै सेफ साहले नेपाललाई कोभिड–१९ पछिको परिवेषमा स्वास्थ्य सुरक्षा एवम् संस्कृति र खानाको आकर्षक गन्तव्यको रुपमा पहिचान स्थापित गराउन नेपालको निजी तथा सार्वजनिक पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी तथा सरोकारवालाहरुलाई खाद्य स्वच्छता एवम् गुणस्तरीय आवास सुनिश्चितता गरी प्रमुख दुईवटा पक्षमा विशेष जोडदिन अनुरोध गरे ।

साधारण सभाको औपचारिक समारोहवीच निम्न पाटा नेपाल विशेष ४ वटा अवार्डहरु प्रदान गरिएको थियो । ‘लाईफ टाईम अचिभमेन्ट’ अवार्ड, टुरिजम ट्रेल ब्लेजर’ अवार्ड, बेस्ट स्टुडेन्ट च्याप्टर अफ द ईयर २०२० र ‘पाटा पर्सनालिटि अफ द ईयर २०१८ अवार्डहरु प्रदान गरिएका थियो ।

 

prabhu mahalaxmi
kumari