पोखरा–मुक्तिनाथमा केबुलकार बन्ने
काठमाडौं । पोखरादेखि मुक्तिनाथसम्म केही वर्षपछि केबुलकारमा जान पाइने भएको छ । पोखरादेखि मुक्तिनाथसम्मको करिव ८० किलोमिटरको केबलकारका लागि डीपीआर तयार भएको छ ।
मुक्तिनाथ दर्शन प्रालिले बनाउन लागेको उक्त केबलकारको डीपीआर लगानी बोर्डमा पेश भएको छ । लगानी बोर्ड र प्रा,लि।बीच भएको सम्झौता अनुसार १४ मंसिरमा डीपीआर पेश भएको हो ।
नेपालकै लामो केबलकारको रुपमा बन्न लागेको उक्त परियोजना कास्कीको विरेठाँटी हुँदै घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम भएर मुक्तिनाथसम्म पुग्नेछ ।























