पर्यटकलाई आकर्षित गर्न बिभिन्न कार्यक्रम ल्याइदै
काठमाडौ । नेपाल पर्यटन बोर्डले कोरोना महामारीपछि नेपालमा पर्यटकलाई आकर्षित गर्न बिभिन्न कार्यक्रम ल्याउने भएको छ ।
शुक्रबार पर्यटन बोर्डमा धन्सार डटकम नामब वेबसाइटको शुभारम्भ गर्दै बोर्डको कार्यकारी निर्देशक धनन्जय रेग्मीले पर्यटकलाई नेपाल भित्राउन बिभिन्न प्रबद्र्धनात्मका कार्यक्रमहरु बोर्डले तयार गरिरहेको जानकारी दिएका हुन । रेग्मीले नेपालको पर्यटकिय क्षेत्रको प्रचारका लागि फोटो पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकोले पर्यटन बोर्ड सहकार्य गरेर अघि बढ्ने जानकारी दिए ।
कार्यकारी निर्देशक रेग्मीले नेपालबाट बिभिन्न देशमा जाने बिद्यार्थीहरुलाई नेपालको पर्यटकीय क्षेत्रको जानकारीमुलक सामाग्री पठाउने कार्यक्रम प्रभावकारी भएको समेत बताए ।
शुक्रबार सार्वजनिक धन्सार डटकममा पर्यटन प्रवद्र्धन गर्न नेपाालको ऐतिहासिक भिडियो फोटो लगायतका सामाग्री हेर्न पाउने बताइएको छ ।


























