stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

यती एयरलाइन्सले ल्यायो ‘अहिले उडान भरौं, पछि पैसा तिरौं’ योजना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निजी क्षेत्रको दोश्रो ठूलो वायू सेवा प्रदायक यती एयरलाइन्सले ग्लोबल आइएमई बैंक लिमिटेडसँगको सहकार्यमा अहिले उडान भरौं, पछि पैसा तिरौं (फ्लाई नाउ, पे ल्याटर) योजना सार्वजनिक गरेको छ।

एयरलाइन्सले वेबसाइटमार्फत सार्वजनिक गरेको जानकारी अनुसार, आइएमई बैंकको भिषा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकका लागि यस्तो सुविधा लागू गरिएको छ।

बैंकका ग्राहकले क्रेडिट कार्ड मार्फत भुक्तानी गरेर टिकट खरिद गरेको अवस्थामा ३ देखि ६ महिनाको अवधिसम्म उधारो सुविधा पाउनेछन् । यस्तो सुविधाका लागि अनिवार्यरूपमा यती एयरलाइन्सकै वेबसाइट वा एप्स मार्फत टिकट खरिद गर्नुपर्नेछ।

टिकटको मूल्य र टिकटका लागि ग्राहकले खर्चिने रकम र ग्राहकको क्रेडिट कार्डको उधारो सीमाको आधारमा यस्तो सुविधा तय गरिनेछ। सम्बन्धित ग्राहकले ३ देखि ६ महिनाभित्रमा उधारो टिकट खरिदवापतको रकम भुक्तानी गर्दा अतिरिक्त शुल्क (ब्याज) लाग्नेछैन।

एयरलाइन्सले उधारो उडानका लागि तोकिएका शर्तहरूबारे वेबसाइटबाट जानकारी लिन सकिने सूचनामा उल्लेख गरेपनि वेबसाइटमा शर्तहरूबारेको विवरण पहुँचयोग्य बनाइएको छैन।

prabhu mahalaxmi
kumari