नेपाल एयरलाइन्सको नारिता, दोहा र दुबई उडान समय तालिका परिवर्तन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि आज (कात्तिक २४ गते) देखि दैनिक १० घण्टा बन्द हुँदैछ । सोही कारण नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र युएईको दुबई उडान समय तालिका परिवर्तन गरेको छ ।
नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट ११ः५० ९स्थानीय समय० मा उड्ने जहाज अब ९ः१५ मा उड्ने छ । नारिताबाट स्थानीय समय अनुसार ११ः२५ मा उड्ने जहाज अब ९ बजेर २५ मिनेटमै उड्ने नेवानिले जनाएको छ ।
काठमाडौंबाट दोहामा रातको ११ बजे उड्ने जहाज अब साढे ९ बजे उड्ने भएको छ । दोहाबाट ३ः२५ मा उड्ने जहाज अब भने २ बजे नै उड्ने गरी समय तालिका परिवर्तन गरिएको छ । यस्तै, काठमाडौंबाट ११ः१५ मा दुबई उड्ने जहाज अब ९ः३५ मिनेटमा उड्नेछ ।