stcnepal long ad
nabil bank
macchha(MBL)

नेपाल एयरलाइन्सले भोलि कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

भैरहवा। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले भोलि कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ ।

नेपाल एयरलाइन्सले साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९:३० बजे काठमाडौँबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने छ ।

भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससँगै संयुक्त अरब इमिरेट्स (युएई)को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको वायुसेवा थाई एयर एसियाले नियमित उडान गर्ने तय भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानस्थलबाट यसअघि नै थाई एयर एसियाले कात्तिक १८ गतेदेखि उडान सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई एअर एसियाले भैरहवाबाट साताको दुई दिन उडान गर्ने छ ।

अब ८ नोभेम्बर (२३ कात्तिक) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिनुभयो । भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुवाती भाडा दर १२ हजार रुपियाँ रहेको छ ।

त्यस्तै कात्तिक २४ गते फ्लाई दुबई र कात्तिक २५ गतेदेखि जजिरा एयरवेजले उडान गर्ने तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हाल भैरहवाबाट नेपाल एयरलाइन्ससहित चार वटा वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् ।

त्यस्तै कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी पनि आउन इच्छुक रहेको सूचना अधिकारी भुलले जानकारी दिनुभयो । उनीहरूको उडान तालिका भने स्वीकृत भइसकेको छैन ।

यहाँका पर्यटन व्यवसायीले भने विगतमा जस्तै यात्रु अभावका कारण देखाउँदै विमान कम्पनीले उडान नगर्ने जोखिम अझै रहेको बताउँदै आएका छन् । विगतमा पनि जजिरा सहित एअरलाइन्सले केही समय उडान गरे पनि यात्रु अभाव भएपछि एक महिनापछि उडान बन्द गरेका थिए ।

यहाँका व्यवसायीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित अर्बौं लगानी होटल व्यवसायमा गरेका छन् । पर्यटन व्यवसायी सिपी श्रेष्ठले अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त नहुँदा विमानस्थल लक्षित होटल लगायत पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको करिब ८० अर्ब रुपियाँ लगानीका व्यवसाय जोखिम र सङ्कटमा परेको बताउनुभयो ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का लुम्बिनी प्रदेश पूर्व अध्यक्ष सागर अधिकारीले तीन वटा विमान कम्पनीले नियमित उडान भर्ने भएपछि लुम्बिनीमा आशाको सञ्चार छाएको बताउनुभयो ।

prabhu mahalaxmi
kumari