stcnepal long ad
himalayan life insurance long ad

कुन एयरलाइन्समा काठमाडौं–पोखराका लागि कति पर्छ भाडा ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मनसुनमा बर्सेनी सर्वसाधारणको यात्रा कठिन हुन्छ। यसपालि पनि पहिरोका कारण राजमार्ग अवरूद्ध हुने क्रम जारी छ।

खासगरी काठमाडौंबाट आउजाउ गर्ने पृथ्वी राजमार्गमा अवरूद्ध भइरहँदा यात्रुको सास्ती बढेको छ। यसबाट छुटकारा पाउन यात्रुहरूले विकल्प खोजिरहेका छन्। पहिलो विकल्प हवाई यात्रा भएको छ।

काठमाडौं–पोखरा रूटमा अहिले बुद्ध, यती र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।

बुद्ध र यती एयरलाइन्सले काठमाडौं–पोखरा दैनिक १०/१० वटा उडान गरिरहेका छन्। त्यस्तै श्री एयरले दैनिक तीनवटा उडान गरिरहेको छ। हवाइ यात्राका लागि न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ।

बुद्धले काठमाडौं–पोखराका लागि न्यूनतम भाडादर चार हजार चार सय रूपैयाँ राखेका छन्। त्यस्तै यही गन्तव्यका लागि बुद्धले ‍६ हजार ७७८ रूपैयाँ अधिकतम भाडादर राखेको छ।

यति एयरलाइन्सले पनि काठमाडौं‌–पोखरा उडानका लागि न्यूनतम चार हजार चार सय रूपैयाँ र अधिकतम ६ हजार ७७५ रूपैयाँ रहेको छ।

श्रीले काठमाडौं–पोखरा टिकट बिक्रीका लागि राखेको न्यूनतम भाडादर चार हजार तीन सय रूपैयाँ रहेको छ। त्यस्तै, अधिकतम भाडादर ६ हजार ७०० रूपैयाँ रहेको छ।