sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

११ वर्षदेखि नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्र युरोपेली युनियन (ईयू) को उडान सुरक्षा चासो (कालोसूची) मा पुनः दोहोरिएको छ ।

ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको छ । ३० मे २०२४ मा युनियनले अपडेट गरेको नयाँ सूचीमा नेपाल कालोसूचीमै रहेको छ ।

ईयूको उडान सुरक्षा चासोको सूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका दर्ता भएर सञ्चालनमा सबै वायुसेवा कम्पनीहरू दोहोरिएका छन् ।

यो सूचीमा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरसम्म छन् । यसरी कालोसूचीमा पर्ने वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकाशमा उडान अनुमति पाउँदैनन् ।

सोही कारण राष्ट्रिय ध्वजाबाहक नेवानिले समेत आफ्नो उडान  विस्तार गर्न असफल रहँदै  आएको छ । ईयूले हरेक ६/६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ । नेपाल विगत ११ वर्षदेखि निरन्तर ईयूको कालोसूचीमा छ ।

gold
kumari bank
nawakantipur long