stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सगरमाथा दिवस विविध कार्यक्रम गरि मनाइँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज मे २९ तारिख, अन्तर्राष्ट्रिय सगरमाथा दिवस । सन् १९५३ मे २९ मा पहिलो पटक सगरमाथा आरोहण भएको सम्झनामा सन् २००८ देखि दिवस मनाउन थालिएको हो ।

तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा पहिलो मानव पाइला राखेको दिनको सम्झनामा १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथा आरोहणको ७१ औँ वर्षगाँठ मनाउन लागिएको हो ।

यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस मनाउन लागेको छ।

आरोहणको सम्मानमा सगरमाथा दिवस मनाउने गरिएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथामा ७१ वर्षअघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो पटक सफल आरोहण भएको थियो ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारी पहिलो पटक सगरमाथाको शिखरमा पुगेर विश्वलाई मानवीय साहस र क्षमताको परिचय दिएका थिए ।

हिलारीको सन् २००८ जनवरी ११ र नोर्गेको सन् १९८६ मे ९ तारिखमा निधन भयो । हिलारीको निधनको सन्दर्भ पारेर नेपालमा सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो । पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्।

सगरमाथा आरोहणको सात दशक लामो यात्रामा सन् २०२२ सम्म सात हजार २२६ स्वदेशी तथा विदेशी पर्वतारोहीले सगरमाथा चढेर साहसिक विजय यात्रा पूरा गरिसकेका छन् । जसमध्ये ५१९ जना महिला रहेका छन् ।

prabhu mahalaxmi
kumari