थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु
काठमाडौँ । थाइल्यान्डको ध्वजावाहक थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक जानकारी दिएको छ ।
थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कोलकाता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायु सेवा सुरु गरेको थियो । यो लामो यात्रा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो ।
थाई एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जेनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर सेवा फेरि सञ्चालन गरेको थियो ।
हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । स्थानीय बजारको अवस्था राम्रोसँग बुझेको सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेज थाई एयरवेजका लागि उत्कृष्ट साझेदार बनेको छ ।
नेपालमा पुनः उडान सुरु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाईञले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको थियो ।