stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन् ।पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको विभागको आधार शिविरमा रहेको फिल्ड कार्यालयलाई जनाएको छ ।

मौसम अनुकूलताकै बीच वैशाख ३१ गते बिहान ८ः४५ बजे दुवै आरोही सगरमाथाको चौँथो शिविरबाट चुचुरोतर्फ लागेको जनाइएको छ ।

आरोहण व्यवस्थापन गर्ने एजेन्सीसँगको सहकार्यमा सम्पर्कविहीन दुवै आरोहीको हराएका सम्भावित माथिल्ला शिविर मा खोजी जारी रहेको पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति, खुम्बु क्षेत्रका सदस्य सचिव एवं पर्यटन विभागको फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमबाट जानकारी प्राप्त भएको विभागले उल्लेख गरेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari