stcnepal long ad
ime life insurance
global ime bank long

वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल

१० जना शेर्पाको समूह शिखरमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाहरुको समूहले हिजो बेलुका ८ बजेर १५ मिनेटमा सर्वोच्च शिखरमा सफल आरोहण गरेको हो ।

यही समूहले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको छ । समूहले डोरी टाँग्ने र भर्‍याङ बनाउने काम सफलतापूर्वक सम्पन्न गरेको सेभेन समिट ट्रेकले जनाएको छ ।

आरोहण दलमा डेन्डी शेर्पासहित तेन्जिङ ग्याल्जे शेर्पा, नाम्गेल दोर्जी शेर्पा, सुकबहादुर तामाङ, दावा रिन्जे शेर्पा, दावा शेर्पा, रिन्जी शेर्पा, पेम्बा तासी शेर्पा, पाम दोर्जे शेर्पा र लाक्पा शेर्पा छन् ।

हिउँमाथि डोरी टाँग्ने र भर्‍याङ बनाउने काम सम्पन्न भएकाले अब अरु आरोहीका लागि सगरमाथा आरोहणको बाटो खुला भएको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख गौतमले जानकारी दिनुभएको छ ।

यस वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४१ वटा आरोहण दलका ४ सय १४ आरोहीले अनुमति लिएका छन् ।

prabhu mahalaxmi
kumari