stcnepal long ad
ime life insurance
national life
global ime bank long

इन्द्रेणी पर्यटन सम्मेलनको रजिस्ट्रेसन खुल्ला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिलो इन्द्रेणी पर्यटन सम्मेलन नेपालमा हुँदैछ। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले सम्मेलन आयोजना गर्न लागेको हो।

सम्मेलन अप्रिल २० र २१, २०२४ मा छाया सेन्टर नजिकै एलफ्ट होटेलमा हुनेछ। सम्मेलनमा सहभागी हुनका लागि मायाको पहिचान नेपालले रजिस्ट्रेसन खुल्ला गरेको छ। सहभागीहरूले https://www.mayakopahichan.com/participate यो लिङ्कमा क्लिक गरेर फर्म भर्न सक्नेछन्।

नेपालमा इन्द्रेणी पर्यटनको सम्भावनाबारे मायाको पहिचान नेपालले निरन्तर छलफल गरिरहेको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा मायाको पहिचान नेपालले समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्श सम्पन्न गरिसकेको छ।

पर्यटन बोर्डले समावेशी ९रेन्बो० पर्यटन प्रवर्द्धनका लागि पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तलाई सांस्कृतिक दूत नियुक्त गरेको छ।

सांस्कृतिक दूत नियुक्त पन्त विश्वका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको न्याय र समानतासँगै रेन्बो पर्यटन प्रवर्द्धन गर्ने अभियानमा लागेका छन्। नेपाल विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई स्वागत गर्ने तयारीमा जुटेको छ।

सांस्कृतिक दूत नियुक्त पन्तले गरिबी निवारण, आर्थिक संवृद्धिका लागि इन्द्रेणी पर्यटन महत्त्वपूर्ण बन्ने बताए। नेपालमा अहिलेसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि विभेद छैन। नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि फ्रेण्ड्ली वातावरण छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीका लागि हनिमुन डेस्टिनेसन नेपाल हुन सक्ने पन्तले बताए। नेपाल दक्षिण एसियामै इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलो देश बनेको छ। माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले लमजुङको दोर्दी गाउँपालिकामा कानुनी रूपमा विवाह दर्ता गरेका छन्।

IME Lifesidebar
kumari