stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

थाई एयरको काठमाडौं–बैंकक उडान सुरू

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले कार्तिक १२ गतेदेखि काठमाडौँ–बैंकक उडान पुनः सुरु गरेको छ ।

कोभिड–१९ का कारण काठमाडौंको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको जनाएको छ ।  कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाडौं गन्तव्यको उडान बन्द गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयरवेजले पुनस् उडान पुनः सुरु गरेको छ ।

यसअघि थाइल्याण्डको आन्तरिक उडानमा रहेको थाई स्माइलले गर्दै आएको काठमाडौं उडान पनि कार्तिक १२ गतेदेखि बन्द भएको छ । थाई स्माइल थाइल्याण्डको आन्तरिक उडानमा थियो ।

थाई एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो सयम उडान गरेको छ ।

कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । गत असोज ३० गते हालसम्मकै सर्वाधिक उडान दुईतर्फी ११३ उडान भएको थियो । कात्तिकको पहिलो साता ११० हाराहारी उडान भएको थियो ।

‘विन्टर सिजन’ अन्तर्राष्ट्रिय उडानको बढी माग आएको र एयर ट्राफिक व्यवस्थापनलाई मिलाएर उडान सहजीकरण गरिने विमानस्थलका महाप्रबन्धक तिवारीले बताए । नेपालमा तीन नेपाली हवाई कम्पनी सहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

 

prabhu mahalaxmi
kumari