stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दसैँले रोकिएन वैदेशिक रोजगारी, असोजमा झन् धेरै बिदेसिए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुष्टि गरेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर बिदेसिए, भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् ।

देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर चाडपर्व मनाउने बेलामा रोजगारीको खोजीमा दसैँको मुखमा बिदेसिन धेरै युवा बाध्य छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि सबै छोडेर युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् ।

विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिसाको समय सकिने डरका कारण युवा चाडपर्वको खुसी नै छोडेर विदेश गइरहेका छन् ।

चालु आवको असोजमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने युवाको सङ्ख्या ५६ हजार २३५ पुगेको छ । गत वर्षको असोजमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या ६२ हजार ७०६ थियो ।

यसै गरी गत आवको साउन, भदौ र असोजमा दुई लाख दुई हजार बिदेसिएकामा चालु आवको पहिलो तीन महिनामा यो सङ्ख्या एक लाख ६२ हजार ९०४ जनामा झरेको छ । सो अवधिमा श्रम स्वीकृति लिएर विदेश गएकामध्ये एक लाख ४१ हजार ४४५ जना पुरुष र २१ हजार ४५९ जना महिला रहेका छन् ।

गत आवको पहिलो तीन महिनामा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या लगभग २१ प्रतिशतले घटेर एक लाख ६२ हजार ९०४ जनामा सीमित भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक महेश दाहालले पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण श्रम गन्तव्य देशमा रोजगारीका क्षेत्रमा सङ्कुचन आएसँगै गत वर्षको सो अवधिमा भन्दा रोजगारीका लागि विदेश जानेको सङ्ख्या घटेको देखिए पनि बिदेसिने क्रम भने नरोकिएको बताउनुभयो ।

वैदेशिक रोजगारीको इतिहासमै गत आवको भदौ महिनामा सबैभन्दा बढी ७६ हजार ४०३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रम स्वीकृति लिएका थिए । यो सङ्ख्या वैदेशिक रोजगारीको तथ्याङ्क राख्न सुरु गरेयता २९ वर्षकै उच्च थियो ।

चालु आवमा भने यो सङ्ख्या औसत ५५ हजारमा सीमित भएको छ । यो वर्षको साउन र भदौको तुलनामा असोजमा विदेश जान श्रम स्वीकृति लिनेको सङ्ख्या केही बढेको छ ।

मलेसिया जाने नेपाली श्रमिकको सङ्ख्या घटेसँगै यो वर्षको सुरुमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा धक्का लागेको विभागले जनाएको छ ।

गत वर्ष साउदी अरब गएका श्रमिक पनि मलेसिया जाने क्रम बढेका कारण समग्र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धि भएको भए पनि हाल मलेसियाले विदेशी श्रमिक कोटा बन्द गरेको असर नेपालीलाई परेको छ ।

गत वर्ष साउदी अरबमा रहेका श्रमिक पनि विभिन्न कारण देखाउँदै नेपाल फर्किएर पुनः मलेसिया जाने प्रवृत्ति देखिएका कारण सङ्ख्या वृद्धि भएको थियो ।

आव २०७/र७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको दोस्रो महिनाबाट घट्न थालेको छ । कोरोनाकालको लकडाउनयता आन्तरिक रोजगारीमा सङ्कुचन आएका कारण विगत दुई वर्षयता वैदेशिक रोजगारीमा जानेको सङ्ख्याले रेकर्ड नै कायम गरे पनि चालु आवबाट केही ओरालो लागेको छ ।

वैदेशिक रोजगारीको ३० वर्षको इतिहासमा गत आवमा सबैभन्दा बढी युवा रोजगारी खोज्दै विदेश गएका थिए तर गत वर्षको सुरुको तीन महिनाको सङ्ख्यालाई तुलना गर्दा चालु आवमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्ने सङ्केत देखिएको छ ।

सरकारले श्रम स्वीकृति लिएर विदेश जान अनुमति दिएको तथ्याङ्क राख्न थालेको ३० वर्षमध्ये गत आवमा सबैभन्दा बढी श्रमिकले अनुमति लिएका थिए ।

वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो ।

गत आवमा सात लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । आव २०७८/७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या छ लाख ३० हजार ९० थियो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari