citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

मौसममा सुधार आएसँगै बिहीबारदेखि लुक्ला उडान पुनः सुचारु

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । मौसममा सुधार आएसँगै बिहीबारदेखि लुक्ला उडान पुनः सुचारु भएको छ । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि लुक्ला–रामेछाप उडान प्रभावित हुन पुगेको थियो ।

मौसममा सुधार आएपछि बिहीबार रामेछापको मन्थली विमानस्थलबाट सोलुखम्बुको तेन्जिङ हिलारी विमानस्थलमा ६२ वटा जहाज ओहोरदोहोर गरेका छन् ।

त्यस्तै बिहीबार दिनभर ८० भन्दा बढी पटक हेलिकोप्टरले दोहोरो उडान गरेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ ।

लुक्ला विमानस्थल प्रमुख उमेशकुमार पन्थीका अनुसार लुक्लाको मौसम खुलेसँगै बिहीबार रामेछाप–लुक्ला उडानमा पाँच सयभन्दा बढी पर्यटकले ओहोरदोहोर गरेका छन् ।

उहाँले भन्नुभयो, “बिहीबार बिहानैदेखि लुक्लाको मौसममा सुधार आएपछि जहाज र हेलिकोप्टरले उडान सेवा सुरु गरेका छन् । उडान सुचारु भएसँगै मन्थली र लुक्लामा रोकिएका पर्यटक आफ्नो गन्तव्यतर्फ लागेका छन् ।”

पाँच दिनको अवधिमा चार्टर हेलिकोप्टरले उडान गरे पनि जहाजको उडान भने ठप्प रहेको उहाँले बताउनुभयो । त्यस्तै मन्थली विमानस्थलका सूचना अधिकारी पूजा थापाका अनुसार जहाजको नियमित उडान रोकिँदा पनि लुक्लामा दैनिक दुई सय हाराहारीमा पर्यटक ओहोरदोहोर गर्दै आएका थिए ।

उहाँले भन्नुभयो, “बिहीबार  दिउँसो एक घण्टा मौसम प्रतिकूल रहे पनि उडान अवस्था समान्य नै रह्यो । शुक्रबार पनि मौसमले साथ दिए रोकिएका सबै पर्यटक गन्तव्यमा पुग्ने अपेक्षा गरेका छौँ ।” सफा मौसम भएको समयमा मन्थली–लुम्लामा दैनिक ४० पटकभन्दा बढी उडान हुँदै आएका छन् ।

 

gold
himalayan life insurance long ad