stcnepal long ad
ime life insurance
global ime bank long

५१ देशका आरोहीले लिए अनुमति

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । शरद ऋतुमा जारी हिमाल आरोहण गर्न यस पटक नेपालसहित ५१ देशका नागरिकले अनुमति लिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार २६ वटा हिमाल आरोहण गर्न आइतबारसम्म ५१ देशका ४३६ जनाले आरोहण अनुमति लिएका हुन्। आरोहण अनुमति लिनेमा ५६ समूहका ९४ जना महिला र ३४२ जना पुरुष रहेका छन्।

यस ऋतुमा हिमाल आरोहण गर्न नेपाल आउनेमा सबैभन्दा बढी चीनबाट ६७ जना आरोहीले अनुमति लिएका छन्।

यस्तै रुसबाट ३६, अमेरिकाबाट ३६, भारतबाट २४, जापानबाट २८, फ्रान्सबाट २५, बेलायतबाट २२ र स्पेन तथा जर्मनीबाट २०–२० जनाले अनुमति लिएको विभागले जनाएको छ। सबै हिमालतर्फ अनुमति लिनेमा ४८ महिला र ३११ जना पुरुष रहेका छन्।

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार मनासलु र धौलागिरिको आरोहण अन्तिम चरणमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यस पटकको आरोहणमा हिमाली मौसमले साथ दिँदा दुर्घटनारहित आरोहण भएको छ।

मनासलु आरोहणमा गएकामध्ये ९९ प्रतिशतले आरोहण पूरा गरिसकेका छन् भने धौलागिरि आरोहण गर्न गएको अन्तिम टोलीले समेत शनिबारसम्म चुचुरो टेक्ने तयारीमा छ।”

अन्य हिमालमा रहेका आरोहीसमेत आरोहण गरेर फर्किन थालेका र अमादब्लम हिमाल आरोहणका लागि डोरी टाँग्ने समूह असोज १५ गते हिमालतर्फ लाग्ने उहाँले बताउनुभयो।

यस वर्षको शरद ऋतुमा सबैभन्दा बढी मनासलु आरोहण गर्न अनुमति लिएका छन्। शुक्रबारसम्म मनासलु आरोहण गर्न २६ समूहका ३०१ जनाले अनुमति लिएका हुन्।

मनासलु आरोहण गर्न ६५ महिला र २३६ पुरुष आरोहीले अनुमति लिएका छन्। आरोण अनुमति लिएकामध्ये आधाजसोले आरोहण पूरा गरिसकेको विभागले जनाएको छ।

मनासलुपछि सबैभन्दा बढी धौलागिरि पहिलो आरोहण गर्न चार समूहका १२ पुरुष र ११ महिला गरी २३ जनाले अनुमति लिएको समेत विभागले जनाएको छ।

यस वर्षको शरद ऋतुमा हालसम्म रक्सा उराई, पुठा हिउँचुली, कुम्भकर्ण, हिमलुङ, नेमजुङ, मकालु पहिलो, थापा पिक, अन्नपूर्ण चौथो, पुमोरी हिमाल, लिङ्ट्रेन, बरुणत्से, द्रोह्मो, अमादब्लम, क्याबुरु, अनिदेश चुली, श्रीबुङ, चोयु, पूर्वी च्याचु, चोबुचे, टुकुचे पिक, खायाङ, चण्डी हिमाल, हुङ्कुचुली र उत्तरी सुर्मा सरोबर आरोहणका लागि खुला गरिएको विभागले जनाएको छ।

शरद ऋतुमा २६ वटा हिमाल आरोहण अनुमति दिएबापत सरकारले चार करोड १० लाख १४ हजार ७९७ रुपियाँ आरोहण दस्तुर प्राप्त गरेको छ।

prabhu mahalaxmi
kumari