हवाइ भाडा घट्यो
आर्थिक सञ्जाल
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनमा प्रति लिटर १५ रुपैयाँ र सरकारले बजेट मार्फत प्रति लिटर १० रुपैयाँ पूर्वाधार कर हटाएपछि हवाइ भाडा घटेको हो । हवाइ भाडा अधिकतम ११ सय ५ रुपैयाँसम्म घटेको छ ।
सर्वाधिक आन्तरिक उडान गर्दै आएको बुद्ध एयरले कम्तीमा २ सय २५ देखि ११ सय ५ रुपैयाँसम्म हवाई भाडामा लिइने फ्यूल चार्ज घटाएको छ ।
बुद्ध एयरले सबभन्दा बढी काठमाडौं–धनगढी र सबैभन्दा कम काठमाडौं–सिमरामा २ सय २५ रुपैयाँ घटाइएको जनाएको छ । बुद्धले वायुसेवा संचालक संघमा भाडा घटाएको जानकारी गराउदै संघका प्रवक्ता योगराज कडेलले अरु वायुसेवा कम्पनीले घटाएको भाडा दर बुझाइ नसकेको बताए ।
बुद्धले लकडाउनमा केहि चार्टर उडान भएपनि खुले लगत्तै उडानका लागि व्यापक तयारी भइरहेको जनाएको छ । वायुसेवा कम्पनीले कोभिड–१९ पछि संक्रमणबाट सुरक्षित रहनका लागि नागरिक उड्डयन प्राधिकरणले दिएको मापदण्ड अनुसार, ‘सुरक्षा निर्देशिका’पनि ल्याइसकेको छ ।
रक्षा निर्देशिकाले यात्रु, कर्मचारी, जहाजको विशेष सरसफाईर्, याम्पबस, कर्गो ट्रली, काउण्टर तथा कार्यस्थललाई कसरी भाइरसबाट सुरक्षित राख्ने उल्लेख गरेको छ ।
सुरक्षा निर्देशिका अनुसार आउने सातादेखि आफ्ना कर्मचारीहरुलाई तालिम प्रदान गर्ने र तालिम सकिएपछि उडानपूर्व अनिवार्य गरिने अभ्यास पनि गर्ने बुद्ध एयरले जनाएको छ ।
























