stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अद्यावधिक नक्सा निशानाछापमा राख्न संविधान शंशोधन प्रस्ताव दर्ता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं  । नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ दर्ता भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको नेपालको वास्तविक सीमाअनुरुपको नक्सालाई निशानछापमा समावेश गर्न संविधान सशोधन विधेयक दर्ता गरेको हो ।

“निशानछापभित्र अङ्कित नेपालको  नक्सालाई वास्तविक सीमाअनुरुप मिलाउन आवश्यक भएकाले संविधानको अनुसूची ३ मा संशोधन गर्ने  प्रयोजनका लागि संशोधन विधेयक पेश गरिएको छ ” विधेयकको उद्देश्य र कारणमा भनिएको छ ।

दर्ता भएको संशोधन विधेयक पाँच दिनमा प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ । संशोधनसम्बन्धी विभिन्न चरण पार गरेपछि दुई तिहाइ सांसदको हस्ताक्षरसहित सो विधेयक राष्ट्रियसभामा प्रवेश हुने छ । विधेयक  पारित भएपछि सभामुखले प्रमाणित गर्ने र राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागू हुनेछ ।

मन्त्रिपरिषद्को  शुक्रवार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेत समेटेर जारी गरिएको नक्सा निशाना छापमा राख्नेगरी सविधान शंशोधनको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।

prabhu mahalaxmi
kumari