बायर्नले जित्यो जर्मन कपको उपाधि
Bayern Munich's Polish forward Robert Lewandowski lifts the trophy after the German Supercup football match BVB Borussia Dortmund vs FC Bayern Munich in Dortmund, on August 17, 2021. (Photo by Ina Fassbender / AFP) / DFL REGULATIONS PROHIBIT ANY USE OF PHOTOGRAPHS AS IMAGE SEQUENCES AND/OR QUASI-VIDEO
एजेन्सी । बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले आरबी लाइपजिगलाई ५–३ गोल अन्तरले हराउँदै जर्मन सुपर कपको उपाधि जितेको छ ।
शनिबार राति रेड बुल एरिनामा भएको फाइनलमा बायर्नलाई जित दिलाउन जमल मुसियाला, साडियो माने,बेन्जामिन पाभर्ड, सेर्जी जिनाब्री र लोरी सानेले एक–एक गोल गरे ।
उता लाइपजिगका मार्सल हाल्स्टेनबर्ग, क्रिस्टोफर एनकुकू र डानी ओल्मोले एक एक गोल गरे ।
खेलको १४ औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३१ औं मिनेटमा मानेले गोल गर्दा बायर्नले आफ्नो अग्रता दोब्बर बनायो ।
पहिलो हाफको अन्तिम मिनेटमा बेन्जामिनले गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए । ५९ औं मिनेटमा मार्सलले गोल गर्दै लाइपजिगलाई ३–१ को स्थितिमा ल्याए ।
सेर्जीले खेलको ६५ औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता ४–१ को बनाए । लाइपजिगका लागि ७७ औं मिनेटमा क्रिस्टोफरले गोल गर्दा टिम ४–२ को स्थितिमा पुग्यो ।
८९ औं मिनेटमा ओल्मोले गोल गर्दै लाइपजिगलाई ४–३ को अवस्थामा ल्याए । खेलको इन्युरी समयमा सानेले गोल गर्दै बायर्नलाई ५–३ को जित दिलाए ।
जर्मन बुन्डेस लिगा च्याम्पियन र जर्मन कपको च्याम्पियनले जर्मन सुपर कपको उपाधिका लागि खेल्ने गर्दछन् ।

























