citizens life insurance long ad
stcnepal long ad

एसियन कप छनोटमा नेपाल आज कुवेतसँग भिड्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। एएफसी एसियन कप छनोटमा आज शनिबार नेपाल र कुवेत खेल्दैछन्। खेल कुवेतको जाबिर अल अहमद मैदानमा राति १० बजे शुरु हुनेछ।

नेपालले कुवेतसँग आफ्नो दोस्रो खेल खेल्न लागेको हो। यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग दुई–शून्य गोलले पराजित भएको थियो। त्यस्तै पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो।

 

छनोटको समूह ’ए’ मा रहेको नेपाल अङ्कविहीन छ। नेपाल पुछारमा रहँदा अङ्कविहीन कुवेत तेस्रो स्थानमा छ। जोर्डन शीर्ष स्थानमा छ भने इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ।

छनोट अन्तर्गत नेपालले अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ। समूहको शीर्ष र उत्कृष्ट दोस्रो टोलीले एसियन कप खेल्नेछन्।

 

IME Life
kumari