citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबले पहिलो जित निकाले

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो ।

च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले ४९ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै च्यासलले दुई खेलबाट ३ अंक जोडेको छ । च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ । च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको थियो ।

एपीएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ २ खेलमा अंकविहीन रहँदै पुच्छारमा छ । खेलको म्यान अफ दि म्याच रुमेश चुनिए । शनिबारै हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब भिड्ने छन् ।

himalayan life insurance
igi long