citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

विश्वकपमा फ्रान्स र बेल्जीयम छनौट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

एजेन्सी । अको वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि फ्रान्स र बेल्जीयम  छनौट भएका छन् । गएराति भएको समुह डि को खेलमा काजखस्तानलाई ८–० ले हराउँदै साविक विजेता फ्रान्सले विश्वकपको टिकट काटेको हो ।

समूहका १ खेल मात्रै बाँकी हुँदा फ्रान्सको ७ खेलबाट १५ अंक भएको छ । समान खेलबाट ११ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ । गएराति भएको अर्को खेलमा इस्टोनियामाथि ३–१ को जित निकाल्दै बेल्जीयम पनि कतार विश्वकपका लागि छनौट भयो ।

यो समूहमा ७ खेलबाट बेल्जीयमको १९ अंक भएको छ भने १४ अंक जोडेको वेल्स दोस्रो स्थानमा रहेको छ । विश्वकप छनौटका अन्य खेलहरुमा वेल्सले बेलारुसलाई ५–१ ले हराउँदा मोन्टेनेग्रोले नेदरल्याण्ड्सलाई २–२ गोलको बराबरीमा रोकेको छ ।

यसैगरी इटाली र स्विट्जरल्याण्डले १–१ गोलको बराबरी खेल्दा अष्ट्रियाले इजराइललाई ४–२ ले तथा पोल्याण्डले एन्डोरालाई ४–१ ले हराएका छन् ।

himalayan life insurance
igi long