citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रिमियर लिगः चेल्सी, लिभरपुल र म्यान्चेस्टर युनाईटेडको सहज जित

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटलबमा लिभरपुल, म्यान्चेस्टर युनाईटेड र चेल्सीले विजयी सुरुवात गरेका छन् । गएराति भएको खेलमा लिभरपुलले नरिच सिटीलाई ३–० ले हरायो ।

लिभरपुलका लागि मोहोमद सलाहाले दुई तथा डिएगो योटाले एक गोल गरे । अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि ३–० को जित निकाल्यो । चेल्सीका लागि मार्कस अलन्सो, क्रिश्चियन पुलिसिक र ट्रेभो चालोबाहले एक एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले लिड्स युनाईटेडलाई ५–० ले पाखा लगायो । म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेजले ह्याट्रिक गर्दा मेसन ग्रिनउड र फ्रेडले एक एक गोल थपे ।

प्रिमियर लिगका अन्य खेलहरुमा लेष्टर सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हराउँदा एभर्टनले साउथह्याम्पटनलाई ३–१ ले, वाट्फोर्डले एस्टन भिल्लालाई ३–२ ले तथा ब्राइटनले बर्न्लेलाई २–१ ले हराएका छन् । इंग्लीश प्रिमियर लिगमा आज दुई खेल हुनेछन् ।

साविक विजेता म्यान्चेस्टर सिटीले टोटनह्याम हट्सपरको सामना गर्दा न्युकासल युनाइटेडले वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ ।

himalayan life insurance
igi long