Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

इङ्ल्यान्डलाई हराउँदै इटली युरो कप २०२० को विजेता

civilbank long ad

एजेन्सी ।  वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टीमा हराउँदै इटली युरो कप २०२० को विजेता बनेको छ ।  यसअघि निर्धारित ९० मिनेटमा एक–एक गोलको बराबरी भएपछि खेल थप समयमा गएको हो ।

खेलको दुई मिनेटभित्रै इङ्ल्यान्डका लुक शले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म इङ्ल्यान्डले एक गोलको अग्रता लिन सफल भयो । तर खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै खेल एक(एक गोलको बराबरीमा फर्काए ।

इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो एक पटकको च्याम्पियन इटलीले भने चौथो पटक फाइनल खेलेको हो । इटली सन् १९६८ को युरो कपको च्याम्पियन बनेको थियो ।


२८ असार २०७८, सोमवार ०५:४६ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad