stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

इटाली यूरो कपको फाइनलमा पुग्यो,स्पेन बाहिरियो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । स्पेनलाई पेनाल्टी शूट आउटमा हराएर इटाली यूरो कपको फुटबल २०२० को फाइनलमा स्थान सुरक्षित गरेको छ । स्पेन आफ्नो फुटबल इतिहासमा पहिलो पटक सेमीफाइनलमा हार बेहोरेको छ । इटालीले भने लगातार १३ औं खेल जित्यो ।

इंग्ल्याण्डको वेम्ब्ली रङशालामा अतिरिक्त समयको खेल १–१ को बराबरीमा सम्पन्न भएपछि खेल पेनाल्टी शूट आउटमा गएको थियो । पेनाल्टी शूट आउटमा इटालीले स्पेनलाई ४–२ ले पछि पार्यो । अल्भारो मोराटोको प्रहार बचाउँदा जोर्गिन्होले गोल गर्दै इटालीलाई फाइनलमा पुर्याउनुभयो । फाइनलमा इटालीले आइतबार इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग स्पर्धा गर्नेछन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको दोस्रो हाफको सुरुवातमै इटालीले फेड्रिको चिसाको गोलबाट १–० को अग्रता बनायो ।

इटाली ३३ खेलमा अपराजित रहँदा चिसाले निर्धारित समयमै इटालीलाई फाइनलमा पुर्याएको मनाउँदै गर्दा स्पेनले ८० औं मिनेटमा गोल फर्कायो । खेल सकिन दश मिनेट बाँकी छँदा स्पेनका लागि अल्भारो मोराटाले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याउनुभयो ।

इटालीले यसअघि सन् २००० र २०१२ को फाइनलमा हार बेहोरेको इटाली यूरो कपको जारी संस्करणमा उत्कृष्ट लयमा देखिएको छ । इटाली दशौं पटक प्रमुख प्रतियोगिताको फाइनलसम्म पुग्न सफल भएको हो । यूरो कपको फाइनलमा पुगेको भने यो चौथो अबसर हो ।

himalayan life insurance
igi long