stcnepal long ad
global ime bank long

आहा रारा गोल्डकप : मनाङ मर्स्याङदी सेमिफाइनलमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल  सोमबार, २६ फागुन २०७६

आइतबार झापा–११ फुटबल क्लबमाथि १–० को साँघुरो अन्तरको जित निकाल्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भयो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएकामा खेलको ७६औँ मिनेटमा अन्जन विष्टको गोलमार्फत मनाङले खेलमा अग्रता लियो ।

मैदानको दायाँ भागबाट आएको बललाई विष्टले डिबक्स नजिकबाट दोस्रो बारमा प्रहार गरेको बलले जाली चुमेको थियो । खेलमा विष्टको एक मात्र गोल नै निर्णायक बन्यो र झापा प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरियो । सेमिफाइनलमा अब मनाङले त्रिभुवन आर्मी क्लब र सङ्कटाबीचको खेलको विजेतासँग खेल्नेछ ।

IME Lifesidebar
kumari