citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कोपा कप: ब्राजिलको लगातार दोस्रो जित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ । केहीबेर अघि सकिएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोलले हरायो । ब्राजिलको लागि ११ औं मिनेटमा एलेक्स सान्द्रो र ६८ औं मिनेटमा नेयमारले गोल गरे । यस्तै ८९ औं मिनेटमा एभर्टन रेविरोले गोल गरे ।

थपिएको समयको तेस्रो मिनेटमा रिर्चलिसनले गोल गर्दै ब्राजिललाई ४–० को अवस्थामा पुर्याए । यसअघि नेयमारलाई लडाएको भन्दै रेफ्रिले ब्राजिललाई पेनाल्टी दिएका थिए ।

तर भिडियो एसिस्टेन्ट रेफ्री भीएआरमा हेर्दा पेरुको खेलाडीको गल्ती नदेखिएकाले पेनाल्टीको निर्णय फिर्ता भएको थियो । जितसँगै समूह ‘ए’ मा ब्राजिल ६ अङ्क सहित शीर्ष स्थानमा छ । लगातार दोस्रो खेल हारेको पेरु अङ्क विहीन छ ।

बिहानै भएको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले बराबरी खेलेका छन् । बिहान सकिएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । खेलको अन्तिम समयमा कोलम्बियाका लुइस डेइजले रातो कार्ड खाँदै बाहिरिए ।

himalayan life insurance
igi long